0
Loading...
काठमाडौं, ११ मंसिर – मधेसी मोर्चाका प्रभावशाली नेता तथा तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश रायले पूर्व मेचीदेखि पश्चिमको कञ्चनपुरसम्म तराईको बेल्टमा हिन्दी भाषालाई कामकाजी भाषाका रुपमा मान्यता दिनुपर्ने माग गरेका छन् ।
नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै नेता रायले तराईका सबै जिल्लामा नेपाली भाषाको कुनै महत्व नरहेको बताए । ‘तराईका जिल्लाहरूमा अधिकांश जनता हिन्दी भाषा बोल्छन् । हिन्दी बुझ्छन्’, उनले दाबी गर्दै भने, ‘तराईमा नेपाली होइन हिन्दी भाषा सम्पर्क भाषाका रुपमा रहनुपर्छ । कामकाजी भाषाको मान्यता दिनुपर्छ ।’ मधेसी मोर्चाका नेता रायले नेपाली भाषालाई आफूहरूले कदापि नमान्ने भन्दै यो विषयमा धेरै विवाद नगर्न आग्रह गरे ।
हिन्दी भाषालाई कामकाजी भाषा बनाउने भन्ने विषयमा विवाद भइरहेका बेला मधेसी मोर्चाका नेताले फेरि यो विषयलाई आफूहरूको बटम लाइनरहेको बताएका छन् ।
Loading...

Post a Comment

 
Top