Loading...
पत्याउनै
गाह्रो भयो । तर स्वर डुठेकै थियो । जगुमायाले सोध्नुभयो, ‘तपाईं कहाँ
हराउनु भएको थियो ?’ ‘पहिलाको कम्पनी छाडेर भागेपछि मोवाइल चलाउन पाइँन।
फेरिपछि फोन गर्नलाई तिम्रो नम्बर थिएन। भाइसँग नम्बर मागेर अहिले तिमिलाई
फोन गरेको, डुठेले भने ।’ त्यो साँझ जगुमाया र डुठेको निक्कैबेर कुरा भयो ।
डुठे बेखबर भएदेखि नै चिन्तामा परेकी जगुमायाले सोच्दै नसोचेका बेला कुरा
गर्न पाउनुभयो । यो बिचको सबै अवस्था बारे बुझ्नुभयो । अवैधानिक बसेका कारण
अप्ठेरोमा परर फोन नगरेको भने । ९ वर्षपछि बोल्न पाउँदा दुबै जना फुरुङ
भए। २०६२ सालको मंसिरमा रोजगारीका लागि मलेसिया गएका डुठे दुई वर्ष बितेपछि
बेपत्ता भए । डुठेले त्यसअघिको अन्तिम पटक फोनमा भनेका थिए, ‘कमाई राम्रो
भएन, आएको ऋण पनि तिर्न नसक्ने भएँ, अव म भागेर काम
गर्छु
।’ कम्पनी छाड्छु भनेका श्रीमान कहाँ गए के गर्छन् त्यसपछि पत्तो थिएन ।
उता डुठे अप्ठेरोमा परेछन्। यता जगुमायालाई छोराछोरीले बाबु खोजेर हैरान
बनाएका थिए। सधैं जसो एउटै कुरा सोधिरहन्थे, ‘हाम्रो बुबा खोई त ?’ तर
मलेसियामा हराएका श्रीमानको बारेमा छोराछोरीलाई दिने जवाफ नभएपछि जगुमाया
रुन थाल्नुहुन्थ्यो। जाँदा लागेको ऋण पनि तिरि नसक्दै श्रीमान बेपत्ता भए ।
साहुको ऋण र बालबच्चाको तनावमा रहेकी जगुमायालाई श्रीमान फेला परेको खुसी
मात्रै होइन फेला परेको केहि समयमै पैसा पठाउनु भयो । अहिले ऋण तिरिसक्नु
भयो । यो कुराले उहाँलाई झनै पीर पथ्र्यो । तर अहिले छोराछोरीलाई दिने जवाफ
पनि भयो । अहिले छोराछोरीलाई ढुक्कसाथ भन्नुहुन्छ, ‘बाबु दशैंमा आउनुहुन्छ
।’ १६ वर्षे छोरो र १३ वर्षे छोरीले ९ वर्ष देखि यहि जवाफ पर्खिरहेका थिए ।
डुठेलाई पत्ता लगाउन रामेछापमा रहेको सामीको सूचना केन्द्रले पनि सहयोग
गर्यो । सूचना केन्द्रकै सहयोगमा डुठेले भाइको मोवाइल नम्बर पाए र फोन गरे ।
अहिले डुठेसँग नियमित कुरा गर्छन् । डुठे दशैंमा फर्किने तयारीमा छन् ।
-सागरविक्रम बस्नेत/ रामेछाप

Loading...
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.