Loading...
उक्त चारपाला दरबार स्थापना भएको झण्डै ३ शताब्दीको इतिहासमा दलित युवती
उक्त मन्दिरमा एक्लै प्रवेश गरेर पुजा आराधना सुरु गरेपछि अन्य समुदायभित्र
हंगामा सुरु भएको छ ।
आइतबार बिहान खाना पकाईरहेको बेला एक्कासी कालीमाई उत्रेर घरबाट हिँडेकी
अमरअर्वाथोक–९ डाँडापोखरीकी १७ वर्षीया पुजा परियार साढे ९ बजे चारपाला
दरबारमा प्रवेश गरेकी थिईन् । प्रवेश गरेपछि पुजा समितिका मानिसहरुलाई मैले
ईश्वरी मातालाई प्रत्यक्ष भेटेर पुजा गर्न चाहन्छु ढोका खोलि दिनुहोस भनेर
आग्रह गरिन् । तर, समितिका कुनै पनि पदाधिकारीहरुले अहिले ताल्चा छैन्
खोल्न सकिँदैन भनेर टारीरहे ।
साँझ ६ बजेसम्म पनि नखोलिएपछि उनको शब्दमा कालीमाई कै शक्ति ग्रहण गरेर मुल
ढोका फोरी पुजा सुरु गरिन् । रातभरी पनि पुजा दिनै भर पनि पुजा सुरु
गरेपछि आज जिल्लाका दलित अधिकारकर्मीसहित पुजा समिति र स्थानिय राजनैतिक दल
बसेर उनले ३ दिन लगातार कालीमाईले पुजा गर्न भन्नुभएको छ भन्दै मन्दिर
छाड्न नमानेपछि ३ दिनका लागि उनलाई त्यहाँ राखेर पुजा आराधना गराउन सबै
मञ्जुर भएका छन् ।
पुजा समितिका अध्यक्ष रुद्रबहादुर बुचा मगर लगायतका केहि व्यक्तिले दिउँसो
अबेर सम्म के कारणले ढोका खोलियो ? जबकी पुजारी बाहेक कोही बस्न नपाउने
निर्णय समितिले भन्दै उनलाई अफ्ठ्यारोमा पार्ने तर्कहरु निकाल्न खोज्दै थिए
। तर त्यहाँका दल र जिल्लाबाट गएका दलित अधिकारकर्मीहरु बीच राम्ररी छलफल
भएपछि उनीहरु पछि हटेका थिए ।
‘अमरअर्वाथोकको सरस्वती माविमा कक्षा १० मा अध्ययनरत परियारले यो मन्दिर
सबैका लागि हो, दलितले पुजा गर्न हुँदैन भनेर मलाई देवि उत्रिँदा समेत
बाहिराउने निकै प्रयास गरियो र भित्र पस्न नदिन घण्टौंसम्म तानावाना बुनेर
मलाई दुख दिईयो, त्यसपछि साँझ कालिमाता आफै शत्तिी ग्रहण गरेर ठूलो ताल्चा
फोरेर मलाई भित्र पसाउनुभयो’ उनले भनिन् ।
बाहिरबाट मुखले चिप्लो घस्नेहरु यस मन्दिरका लुटेरा रहेछन् भन्ने कुरा
आफूले थाहा पाएको उनको आरोप थियो । उनले पटकपटक लुटेराहरुको संज्ञा दिँदै
समितिका मान्छेहरु मानव विरोधी, देवि–देउता विरोधी भएको आरोप लगाईन् । उनी
मन्दिर प्रवेश गर्ने साहस आफूले नबटुलेर कालिमाता आफैँले बटुलेको ठोकुवा
गरिन् ।
उनले कालिमाताले जस्तोखालको रुपरेखा र क्रियाकलाप गर्ने गरेको देखिन्थ्यो
त्यो जस्ताको त्यस्तै गर्ने गर्दछिन् । नढाँटी आफ्ना विवरण पेश गरे उनले
सबै बकेर प्रष्ट पारी दिन्छिन् । मनमा पाप राखेर बोले उनलाई बक्न निकै सकस
हुने र बेहोस हुने गर्दछिन् ।
आफूलाई मन्दिर प्रवेश गर्न रोक लगाउने र घृणा गर्नेहरुलाई कहिल्लै भलो
नहुने उनको भनाईछ । उनका काका ईश्वरी परियारका अनुसार उनलाई दशैको
घटस्थापनादेखि कालिमाई उत्रेका थिए ।
त्यसअघि उनलाई केहि भएको थिएन् । तर, नहुने चोखो जल चढाउँदै उनी सामान्य
अवस्थामा स्कुल जाने गर्दथिन् । उनका पिता लक्ष्मण परियार भारतमा जागिरे
भएकोले उनी भारतमै जन्मेर हिन्दुधर्मकी अनुआयी रहेकी थिईन् ।
मन्दिर प्रवेशको विवाद चर्किन सक्ने सम्भावना देखेर स्थानिय दलित
समुदायहरुले बोलाएपछि दलित वर्गउत्थान जिल्ला समन्व्य समितिका उपाध्यक्ष
ईश्वरी परियार, नेपाल दलित मुक्ती मोर्चाका जिल्ला अध्यक्ष धर्म बिक र यसै
समाचारदाता त्यहाँ पुगेका थिए ।
झण्डै चार घण्टा लामो छलफलपछि सहज वातवरण बनेर उनलाई थप दुई दिन त्यसै
मन्दिरमा राखेर पुजा गर्न दिने त्यसपछि उनलाई त्यस भेगको गहनाका रुपमा
संरक्षण र सम्मान गर्न कुनै सुरक्षित स्थानको व्यवस्था समेत गरेर बाहिरी
गाउँका मानिसहरुलाई समेत बोलाएर गह्रदशा हेर्ने वातवरण मिलाउने सहमति बनेको
थियो ।
परियार पनि त्यस कुरामा सहमत भईन् र पुजा सुरु गरेर बसिरहेकी छिन् ।
उनको मन्दिर प्रवेशले चारपाला दरवारको परम्परा तोडिएको छ तर स्थानियको
मानसिकता दिलैदेखि तोडिने नतोडिने कुरामा भने भविष्यले बताउने देखिएको छ ।
यस प्रश्नमा स्थानिय गैह्रदलित शिक्षक बुद्धिजिवी र राजनैतिक दलका
नेताहरुले मानसिकताबाटै पनि तोडिने तर्क राखेका छन् ।
‘जातिय विभेद चारपालावासीले राखेनन् र उनीहरुले अन्य गाउँवासीलाई पनि
सकरात्मक सन्देश दिएका छन्’ –जिल्लाबाट गएका तिनै जना दलित अधिकारकर्मीले
यस्तो प्रतिकृया दिए । हेरौं तस्वीरमा उनै दलित युवतीद्धारा पुजा पाठको चहल
पहल ।

Loading...
Post a Comment