Loading...
१३ मंसिर, रोल्पा । संविधान संशोधनमार्फत ५ नम्बर
प्रदेशबाट रोल्पा जिल्ला छुट्याउन लागेको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका
रोल्पालीले आज आधा दिन जिल्ला बन्द गरेका छन् ।
यसअघि
युवा विद्यार्थीको विरोध जुलुस र महिलाको विरोध जुलुसले एक घन्टे
चक्काजामसहित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र
बुझाइ सकेका छन् ।
सोमबार बिहानैदेखि रोल्पाका लामो तथा छोटो दूरीका
सवारीसाधन गुडेका छैनन् भने बजार, होटल,विद्यालय र उद्योगधन्दा पनि ठप्प
रहेका छन् ।
रोल्पालाई टुक्र्याउन नदिन सप्ताहव्यापी आन्दोलन गरिएको अखण्ड ५ नम्बर प्रदेश सरोकार समितिका सदस्य सचिव महेश न्यौपाने बताए ।
आन्दोलनकारीको माग नसुनी जबर्जस्ती गर्न खोजिए थप कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने सरोकार समितिले बताएको छ ।
२०७३ मंसिर १३ गते ९:५८ मा प्रकाशित
Loading...
Post a Comment