0
Loading...
sajha-bus
काठमाडौं, ७ मंसिर– काठमाडौं महानगरपालिकाले साझा यातायातको थप ५ करोड रुपैयाँको सेयर किन्ने भएको छ । १० करोड रुपैयाँ बराबरको सेयर लिएर ३० वटा बस सञ्चालनमै ल्याएका दिन कामठमाडौं महानगरपालिकाले थप ५ करोडको सेयर साझालाई थप दिने घोषणा भएको छ । महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले थप ५ करोड रुपैयाँ साझालाई बस खरिदका लागि उपलब्ध गराउने घोषणा गरे । महानगरले सार्वजनिक यातातातको प्रवर्द्धनका लागि यो वर्ष ५ करोड रुपैयाँ नगरपरिषदबाटै छुट्याएको थियो ।
साझाले आजदेखि सञ्चालनका ल्याएका ३० वटा बसमा महानगरपालिकाको झण्डै ८७ प्रतिशत स्वामित्व छ । आजदेखि सञ्चालनमा आएका बस प्रतिगोटा झण्डै ३५ लाख रुपैयाँ खरिद गरिएको हो ।
कार्यकारी प्रमुख तामाङले सरकारले खोल्न लागेको नयाँ यातायात कम्पनीमा पनि महागरपालिकाले ५१ प्रतिशत सेयर हाल्ने बताए । उनले दीगो शहरी यातायातको प्रवर्द्धनका लागि महानगरपालिकाले विभिन्न प्रयासको थालनी गरेको बताउँदै सबैले एकीकृत रुपमा यसका लागि काम गर्नुपर्ने बताए ।
सरकारले आफूमातहत नै बस चलाउन नयाँ कम्पनी स्थापना गर्न लागेको छ । त्यसमा बहुमत सेयर किन्न महानगरपालिकाले चासो देखाएको छ ।
Loading...

Post a Comment

 
Top