0
Loading...
पर्वत, १४ मंसिर - पर्वतको मोदीखोलामा अग्लो र लामो झोलुङ्गे पुल निर्माण भएको छ । पर्वत सदरमुकाम कुश्मालाई फलेबास क्षेत्रसँग जोड्न मोदीखोलामा १ सय ५८ दशमलव ७० मिटर अग्लो र ३ सय ५९ मिटर लामो कुश्मा–मुडिकुवा झोलुङ्गेपुलको निर्माण भएको हो। पुलको निर्माण सकिएकाले बाला चतुर्दशीको अवसर पारेर सोमाबारदेखि पुल औपचारीका रुपमा सञ्चालन गरिएको हो । कुश्मा–मुडिकुवा झोलुङ्गेपुल निर्माण उपभोक्ता समितिले पुलको ९९ प्रतिशत निर्माण कार्य सम्पन्न भएपछि ओहोरदोहोरका लागि खुला गरिएको जानकारी दिएको छ। आइतबार बेलुकासम्म तारबार लगाउने काम सकिएको छ। अब पुल राम्रो बनाउने काम मात्रै बाँकी रहेकाले यात्रु र पर्यटकका लागि कुनै जोखिम नहुने निर्माण समितिका अध्यक्ष बालकृष्ण तिवारीले जानकारी दिनुभयो। बाला चर्तुदशीमा गुप्तेश्वर गुफा, अलपेश्वर, गलेश्वर जाने यात्रुको सुविधालाई ध्यानमा राखेर पुल सञ्चालन गर्न लागिएको समितिले जनाएको छ। मोटरसाइकललाई वारपार गर्नका लागि अझै दुई महिना लाग्ने अध्यक्ष तिवारीले बताउनुभयो । दुवै तर्फबाट सडक जोड्न तथा पुलमा मोटरसाइकल ओहोर दोहोर गर्ने पूर्वाधार बनाउन समय लाग्ने उहाँको भनाई छ । पुल कुल एक करोड ७६ लाखको लागतमा निर्माण भएको हो। बागलुङ्गको बलेवा क्षेत्र जोड्नलाई बनेको मुलुककै सबैभन्दा अग्लो कुश्मा–कैया झोलुङ्गे पुलबाट जम्मा १ सय मिटर नजिकै यो पुलको निर्माण भएकाले थप पर्यटक भित्र्याउन सहयोग हुने अपेक्षा गरिएको छ। कुश्मा-कैया झोलुङ्गे पुल १ सय ५९ मिटर अग्लो र ३ सय ४७ मिटर लामो छ।
Loading...

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top