काठमाडौं । प्रधानमन्त्री प्रचण्ड आइतबार बारास्थित रामदेवको शिविरमा
प्रम्ख अतिथि बनेका थिए । शिविरमा छोटो समय विताएका प्रधानमन्त्रीले
आतिथ्यमात्रै ग्रहण गरेनन्, रामदेवसँगै बसेर योगाभ्यासको प्रयास पनि गरे ।
यहाँ हामीले प्रचण्डका ७ वटा ‘रामदेव स्टायल’ प्रस्तुत गरेका छौं ।

एमाले
नेता झलनाथ खनालको शीरमा हात राखेका रामदेवले चाँहि प्रचण्डलाई झ्याप्प
अंकमाल गरे । करबलले रामदेवको शिबिरमा पुगेका प्रचण्डले यो अंकमालप्रति
रुची नदेखाएको उनको बडी ल्याङ्वेजमा प्रष्ट देख्न सकिन्छ । प्रधानमन्त्री
प्रचण्डलाई उपेन्द्र महतोले चाँहि मालाले स्वागत गरे ।

प्रधानमन्त्री
प्रचण्डलाई रामदेवको छेवैमा राखेर योगासन गर्न लगाइयो । प्रचण्ड हल्का
शर्माइरहेका जस्ता देखिन्थे । प्रधानमन्त्रीमा पछाडि टुप्पीधारी वालकहरुलाई
पनि राखिएको थियो ।

अर्धनग्न
रहेका रामदेवले हातले आँखा छोपेर योगा गरिरहँदा सुट पाइन्टमा रहेका
प्रधानमन्त्रीले चश्मा बाहिरैबाट रामदेवको ‘स्टायल’ पछ्याउने प्रयास गरे ।

मञ्चमा
पु्गेका प्रधानमन्त्रीलाई सुरुमा पानसमा बत्ति बाल्न लगाइएको थियो ।
प्रधानमन्त्रीले बत्ती बाल्दा रामदेवले उनको पाखुरामा समातेका थिए ।

केहीबेर
रामदेवको छेउमा राखिएका प्रधानमन्त्रीलाई सेतो सोफामा राखेर प्रमुख अतिथि
बनाइयो । उनका साथमा माओवादी नेता मात्रिका यादव पनि थिए । चौरीमा रामदेवको
‘फलो’ गरिरहेका योगप्रेमीहरुतर्फ हेर्दै प्रधानमन्त्री हल्का मुस्कुराएर
बसेका थिए ।
र, थप दुई तस्वीर
तस्वीर सौजन्यः दिनेश श्रेष्ठ/प्रधानमन्त्रीको निजी सचिवालय
Post a Comment