नेकपा माओवादी केन्द्रका स्थायी
समिति सदस्य मातृका यादवले टोपबहादुर रायमाझीले पाँच नम्बर प्रदेशबाट केही
जिल्ला अलग गराउने विषयमा पार्टीको बैठकमा कुनै पनि विमति नराखेको खुलासा
गरेका छन् ।
नेपाली रेडियो नेटवर्कमा आइतबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै
नेता यादवले पाँच नम्बर प्रदेशबाट पाँच जिल्ला अलग गराउने विषयमा पार्टी
बैठकहरूमा कुनै पनि प्रकारको आपत्ति प्रकट नगरेको खुलासा गरेका हुन् ।
यादवले भने ‘सार्वजनिक रुपमा के बोल्नुभयो हामीलाई सरोकारको विषय होइन’,
उनले भने, ‘तर आधिकारिक कुरा राख्ने ठाउँ पार्टी बैठकमा पाँच नम्बर
प्रदेशबाट अर्घखाँची, पाल्पा र गुल्मीलाई हटाउने विषयमा कुनै पनि कुराको
बिरोध गर्नुभएको छैन । उहाँको समर्थन छ ।’
कार्यकर्तामाझ राजनीति गर्नका लागि नेता रायमाझीले पाँच नम्बर प्रदेशबाट
अर्घखाँचीसहितका जिल्लालाई अलग गराउन पाइदैन भनेको आरोप लगाउँदै नेता
यादवले भने, ‘सीमाङ्कनको कुरा मिलाउने क्रममा माओवादी केन्द्रभित्र कुनै
पनि प्रकारको मतभेद छैन नभएको बताए ।
माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले अर्घखाँची, गुल्मी र पाल्पालाई
पाँच नम्बर प्रदेशबाट हटाएर चार नम्बरमा ल्याउने कुराको सार्वजनिक रुपमा
विरोध गरेका थिए । उनले यसका विरुद्ध पार्टीको निर्णय नमान्ने चेतावनी समेत
दिदै उनी एमालेमा जाने चर्चा समेत चलेको थियो ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.