Loading...
१६ वर्षदेखि फत्तेबाल आँखा अस्पताल नेपालगन्जको समन्वयमा सञ्चालन भइरहेको ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा अहिले व्यवस्थित अस्पतालको रूपमा सञ्चालनमा आएको छ। ब्रिटेन–नेपाल अटोलोजी सर्भिसका संस्थापक निर्देशक डा. निल वयरले नेपालमा यसरी छुट्टै कान अस्पताल बनाउने आफ्नो सपना सकार भएको बताए।
अस्पतालका कार्यकारी प्रमुख पूरन थारुले छुट्टै कान अस्पताल सञ्चालन गरिएको यो नेपालकै पहिलो भएको जनाउँदै बेलायतकै सम्पूर्ण लगानीमा अस्पताल निर्माण भएको जानकारी दिए। अस्पतालले वर्षमा ३ सय बिरामीलाई शल्यचिकित्सा सहितको उपचार दिने लक्ष्य राखेको छ। अहिले दैनिक करिब १५० बिरामीले प्राथमिक सेवा लिन थालेको बताइएको छ। कारोबार दैनिकबाट
Loading...
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.