काठमाडौं १३ मंसिर । आज बालाचतुर्दशी
दिवंगत आफन्तजनको आत्माको चिरशान्तिको कामना गर्दै काठमाडौंको पशुपतिनाथ
क्षेत्रको श्लेषान्तक वनसहित देशभरका शिवालयहरुमा सत्बीज छरी मनाइँदैछ ।
सत्वीज छर्न विहानै पाशुपत क्षेत्रमा भक्तजनको ठूलो भीड लागेको छ । लाखौं
भक्तजनले पाशपत क्षेत्र वरपर आफ्ना दिवंगत पितृहरुको सम्झनामा सद्बिज छरेका
हुन् । हरेक वर्र्ष मंसीर कृष्ण चतुर्दशीको बिहान जौ, धान, कालो तील,
गहुँ, तोरी, मास, सानो केराउ, लावा र मूला, ज्यामिर, सखरखण्ड, पिंडालु र
हलेदो छर्दै पशुपति क्षेत्रमा देवीदेवताका मन्दिर परिक्रमा गर्ने गरिन्छ
Post a Comment