0
Loading...
काठमाडौँ, १३ मंसिर - एकाबिहानै राजधानी लगाएत देशका विभिन्न भागमा भूकम्पको झड्का महशुस भएको छ।  बिहान ५ बजेर २१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। रामेछाप र सोलुखुम्बुको सिमाक्षेत्रलाई केन्द्रविन्दु बनाएर  ५ दशमलव ६ म्याग्निच्चुडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।एका बिहानै भूकम्पको धक्का महसुस भएपछि मानिसहरु घर बाहिर निस्किएका थिए।  भूकम्पको केन्द्रबिन्दु रहेको सोलुखुम्बुको सोलुमा पनि भूकम्पको कडा महशुस गरिएको छ। अहिलेसम्ममा त्यस्तो कुनै क्षतिको विवरण भने आईनसकेको सोलुमा कार्यरत प्रहरी जवान कृष्ण बहादुर क्षेत्रीलेनेपाली पहिचानलाई बताएका छन्। उनी भन्छन् - "डिउटीमै रहेको समयमा ढलाउला झैँ हल्लायो तर विवरण आउन भनेँ बाँकी छ।यसैगरी पूर्वी नेपालका झाँपा, पाँचथर लगाएत प्राय क्षेत्रमा भूकम्पको धक्का महशुस भएको पाँचथरबाट हाम्रा संवाददाता लक्ष्मी गौतमले जनाएका छन्।यसअगाडी गत वर्ष आएको गोरखा भूकम्पपछि समय समयमा पराकम्पन गइरहेको थियो। पछिल्लो समय अक्टोबर १७ तारिकका दिन नुवाकोट केन्द्रबिन्दू भएर ४ रेक्टर स्केलको पराकम्प तथा नोभेम्बर ६ तारिकका दिन बझाङ केन्द्रबिन्दू भएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो।
Loading...

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top