0
Loading...

अक्षय कुमार तथा रजनीकान्त स्टारर '२.०'को हालै फस्ट लुक सार्वजनिक गरियो। फिल्म सन् २०१० मा रिलिज भएको 'रोबोट' फिल्मको सिक्वल हो। १८ अक्टुबरमा रिलिज हुने तयारीमा रहेको फिल्म यसमा अभिनय गर्ने कलाकारहरू अक्षय कुमार तथा रजनीकान्तका कारण नभई आफ्नो लगानीका कारण पनि चर्चामा छ। फिल्म रिलिजसम्म यसको लागत ३५० करोड भारू हुनेछ।
'२.०' दक्षिण भारतको मात्र नभएर पूरै भारतको हालसम्मकै सर्वाधिक महँगो फिल्म हो। बजारका हिसाबले दक्षिण भारतिय फिल्महरूको बजार बलिउड फिल्मजस्तो छैन् तर पनि लगानीमा भने उनीहरूले बलिउड फिल्मलाई नै चुनौती दिने गरेका छन्। यस्तै महँगा बजेटका १० दक्षिण भारतिय फिल्महरूको सूचि यस्तो छ:
१.      २.०: ३५० करोड
२.      बाहुबली: २५० करोड
३.      रोबोट: १२५ करोड
४.      कोचडयान: १२५ करोड
५.      बाहुबली: द कन्क्लुजन: १२३ करोड
६.      पुली: १२० करोड
७.      कबाली: ११० करोड
८.      आइ: ११० करोड
९.      विश्वरूपम: ९५ करोड
१०.  कत्थी: ९० करोड

Loading...

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top