Loading...
भोजपुरको सानो दुम्मा भन्ने स्थानमा बि. सं २०४७ साल पुस १७ गते जन्मिएकी मिरा सात कक्षा पढ्दा पढदै माओबादी लडाकु बनिन् । एक दशक लामो द्धन्द्ध पछि तत्कालीन बिद्रोही माओबादी र सरकार बीच भएके शान्ति सम्झौता अन्र्तगतको सेना समायोजनमा उनी अयोग्य घोषित भइन । मिराको त्यो असफलता सफलताको पहिलो सिढी थियो । आत्मविश्वास, मेहनत, पीडा, संघर्ष , लगनशिलता र धिरताले जन्माएको हो आजकी अल्ट्रा धावक मिरा राइलाइ । अहिले उनले जुन सफलता हात पारेकी छिन त्यस्मा उनले पसिनाको कोशी नै बगाएकी छिन् । आआफ्नो मत प्रयोग गरेर आफुलाई थप हौसला प्रदान मीराले आम नेपाली समक्ष आग्रह पनि गरेकी छिन् ।अल्ट्राधावनमा चम्किदो नेपाली चेली मीरा राईको चमक विश्व मानचित्रमा चम्किने अवस्थामा, नेशनल जियोग्राफीको अवार्डकालागि मनोनित राईका निम्ति नेपालीको आर्शीवाद आवश्यक
आधा पेट दौड्न सुरु गरेकी मिराको यात्रा बिश्व च्याम्पियन सम्म पुगी सकेको छ । मिराले हङकङमा भएको एयियाली स्काइ रनिङ च्याम्पियनशीप जितेपछि वल्र्ड सिरिजको रेशमा दौडने मौका पाइन्् । त्यसपछि मिरा कहिले पछाडि फर्केर हेर्नु परेन । फ्रान्समा भएको वल्र्ड सिरिजअन्तर्गत् मोन्ट–ब्लान्क ८० किमी रेसमा मिराले कीर्तिमानसहित पहिलो स्थान हात पारिन् । उनले ८० किमिको दुरी १२ घण्टा ३२ मिनेट १२ सकेण्डमा छिचोलेकी थिइन् । यो अल्ट्रा रेसमा नेपालले हात पारेको अहिले सम्मकै सव भन्दा ठूलो सफलता हो । फ्रान्समा हात पारेको सफलताले मिरालाइ स्वदेशमा मात्र नभएर विश्व सामु चर्चित बनायो । मोन्ट ब्लान्कको सफलता पछि मिरा वल्र्ड सिरिजको दोस्रो बरियतामा पुगिन् । स्वदेशका पांचै रेसमा पहिलो भएकी उनले विदेशमा सहभागी १४ मध्ये आठ रेसमा स्वर्ण हात पारेकी छिन् । स्पेनको क्याटलुनियामा सम्पन्न अल्ट्रा पिरिनेउ म्याराथनमा मिरा दोस्रो भइन् । यससगै उनी अल्ट्रा स्काई म्याराथन वल्र्ड सिरिज २०१५ मा पनि उपविजेता भइन् । यिनै सफलताले उनलाई नेशनल जियोग्राफी च्यानलको एड्भेन्चर अफ दि ईएरको अवार्डको मनोनयनमा उभ्याएको हो । विश्वभरबाट आउने मत आधारमा १२ औँ एड्भेन्चर्स अफ द इयर को विजेता घोषणा गरिनेछ । मीरासँगै अन्य साहसी खेलमा सफलता पाएका खेलाडीहरु मनोनयमा राखिएका छन् । र मीरालाई यतिखेर आवश्यक छ नेपाली जनताको सदाशय र आशीर्वादको । एउटा चम्केकी चेलीको ओजलाई ओझेलमा पर्न दिनु हुन्न , उनको जीत आम नेपाली र नेपालको पनि हो ।
Loading...
Post a Comment