Loading...
मानेडाँडामा पुगेपछि चालक खड्कालाई सँगै आएका साथीहरुले गाडी भित्रै राखी आगो लगाएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । प्रहरीका अनुसार गाडीमा चालक बाहेक अन्य तीनजना व्यक्ति सवार थिए । उनीहरु बिहान साढे ४ बजेतिर सित्खाको पुल तरेर रामेछापतर्फ लागेका थिए । त्यही क्रममा कुनै लट्याउने पदार्थ सुघाँएर वा बाहिर हत्या गरी गाडीभित्र राखी सँगै रहेका साथीहरुले आगो लगाएर भागेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । आगलागीबाट गाडी र चालक खडकाको शव जलेर चिन्न नसक्ने अवस्थामा भेटिएको थियो ।
झापा जिल्ला नेपाल ट्रेड युनियन कांग्रेस यातायात मजदुर युनियनका सदस्य समेत रहेका खड्का त्यो गाडीका गाडी साहु पनि भएको प्रहरीले पुष्टि गरेको छ । उनको शव पोष्टमार्टमका लागि शुक्रवार दिउँसो त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौं लगिएको रामेछापका प्रहरी निरीक्षक प्रेम जोशीले जानकारी दिएका छन।
Loading...
Post a Comment