0
Loading...
दशैको दिन देखी सम्पर्क बिहीन भएकी पाल्पा हेक्लाङकी बिनु थापा पुलामीको अन्तत शब फेला परेको छ । राम्दीघाटमा बेवारिसे भनेर पुरेर छोडेको शबनै अन्तत बिनु थापाको भएको परिवारले पुष्टी गरेको छ । घर परिवारको किटानी जाहेरी र पत्रकारहरुको निरनतर खबरदारी पछी प्रहरी प्रशासनले हिजो पुरेरको शब उत्खनन् गरेको हो ।

श्रीमान् दिपेन्द्र संगै बिनु
 कालीगण्डकी नदिको किनार हुगीको असर्दीमा सडेको अवस्थामा भेटीएको शबको सनाखत हुन नसकेपछि जिल्ला प्रहरी कार्यालयले यस अघि नगरपालिकालाई जिम्मा दिएको थियो । नगरपालिकाको प्रचलन अनुसार उत्त शबलाई राम्दीघाटमा लगेर पुरेको थियो । उत्खनन् गरेर शबको निकालेर पहिचान त भएको छ तर हत्या हो या अन्य कारण खुलेको छैन । अहिले हत्याको आशंकामा प्रहरीले अनुसन्धान शुरु गरेको छ । ताहुँ ७ पाल्पाका दिपेन्द्र बस्याल संग २०६९ सालमा अन्तरजातिय विवाह गरी संगै बस्दै आएकी बिनु दशैको दिनदेखी सम्पर्क बिहीन थिइन् ।  विनुका आफन्तले दशैंपछि विनुसँग सम्पर्क गर्न नसकिएको बताएका छन्। आफन्तले ज्वाँई दीपेन्द्रलाई विनुसँग सम्पर्क गराउन आग्रह गर्दा विनुको फेसबुक म्यासेन्जरबाट स्वयं दिपेन्द्रले जवाफ फर्काउने गरेको खुलेको छ। उनले विनु भारत पढ्न गएको बताउने गरेका थिए।
‘सम्पर्क गर्न अनेक प्रयास गर्यौं। स्पष्ट केही भनेनन् सम्पर्क हुन्छ भन्ने आशा मात्रै देखाएर यतिका समय बित्यो।’ विनुका बुबा नरबहादुर पुलामीले न्युजपाल्पसँग भने ‘मंसिर ६ गते छोरीका बारेमा बुझ्नका लागि दिपेन्द्रसँग भेट्दा उ उम्किएर भाग्यो।’ बुबा नरबहादुरले विनुले परिवारमा बेमेल रहेको र पतिले पीडा दिने गरेको घरमा सुनाउने गरेकी बताए।
जिल्ला शिक्षा कार्यालय पाल्पामा प्रविधिक पदमा कार्यरत दिपेन्द्रले २०६९ सालमा विनुसँग प्रेम विवाह गरेका थिए। बस्याल परिवारले विवाहलाई स्वीकार गरेको थिएन। तर, पुलामी परिवारले उनीहरुलाई मगर परम्पराअनुसार घरमा स्वीकार गरेको विनुका भाइ भद्र पुलामीले बताए।
‘दशैंमा आफूलाई एक्लै राखेर दिपेन्द्रको परिवारले टीका लगाएको भनेर फोन गरेकी थिइ, त्यसपछि केही खबर छैन,’ भद्रले भने। उनले परिवारले अनेक बाहाना बनाएर दिदीलाई छुटाउन चाहेको बताए। मलाई जहिले पनि मार्न सक्छन् भनेर विवाहको प्रमाण स्वरुप विनुले विवाह प्रमाणको कागज पनि बनाएर आफूलाई दिएको उनले सुनाए।
पाल्पाका प्रहरी उपरीक्षक हरिराज वाग्लेले उजुरी परेसँगै अनुसन्धान अगाडी बढेको बताए। उनी भन्छन्, ‘हामी अनुसन्धानको क्रममा छौं। शव परिवारजनले विनुकै भएको बताएका छन्।’ दिपेन्द्रका आफन्तजन सम्पर्कमा रहेको र दिपेन्द्र फरार रहेको वाग्लेले बताए।
सरकारी निकायको कमजोरी
बिनु थापाले यस अघि आफु महिला हिसांमा परेकोले सहयोग गरिदिन महिला बिकास कार्यालयमा अनुरोध गरेको बुझिन आएको छ । तर महिलाकै सरक्षणको लागी सरकारी तलब खाएर बसेको कार्यालय र त्यसका अधिकारीहरुले महिलाकै संबेदनशिलतालाई ध्यान नदिएको सबैको गुनासो छ । समयमै गुनासो सम्बोधन भएको भए आज बिनु हाम्रो सामु रहने परिवारको भनाई छ । परिवारले जाहेरी दिईसकेपछि पनि निबेदनको सुनुवाई ढिलो भएको छ, परिवारले जाहेरी दिएको दिन पनि बिनुका पति दिपेन्द्र पाल्पामै थिए तर समयमा प्रहरीले उनलाई समात्ने प्रयास गरेको भए भेटीन्थ्यो ढिलो गरेकै कारण आज उनी फरार छन् । अझै अर्को झडेवाको चेलीलाई समेत लिएर भागेको बुझिएको छ ।
गैर जिम्मेवार राजनीतिक दल र सस्थाहरु
जनताको आफुहरुले जिम्मालिएको नाटक गर्ने राजनीतिक दलका नेताहरु अहिले सम्म पनि मौन देखीन्छन् । पत्रकारहरुले चासो राखेर दिनरात क्रियाशिल रहदा महिला हिंसाको कुरा गरेर नथाक्ने सस्था र राजनीतिक दलका महीला संघ, संगठनहरुले यो घटना थाहा पाएकै देखिदैन । नेपाल शिक्षक संघको जिल्ला अध्यक्ष र नेपाली कांग्रेसको महासमिती सदस्य समेत रहेका दिपेन्द्रका पिता लक्षमण बस्याल र शिक्षिकानै रहेकी दिपेन्द्रकी आमाले घरमा बुहारीलाई राम्रो व्यवहार नगरेको कारण यो घटना भएको हुन सक्ने बिनुको परिवारले बताएको छ । आजको दिनमा सबैलाई चेतनाको दियो बाल्ने शिक्षकहरुले र नेपाली काग्रेसले लक्षमण बस्याललाई पदमुक्त गरेर अनुसन्धानमा सहयोग गर्नुपर्ने जनताको माग छ ।
पाल्पा जिल्लामा सिलसिलाबद्धरुपमा अपराधका घटनाहरु घटीरहेका छन् । ५ वर्ष अगि अपहरणमा परेका किशोर न्यौपानेको अझैसम्म अवस्था अज्ञात छ, हामी चाहान्छौ यो घटना संगै त्यसको पनि सत्य तथ्य बाहिर आयोस् र अपराधिलाई कडा भन्दा कडा कारवाही होस् ।
Loading...

Post a Comment

 
Top