0
Loading...
रामेछाप- जिल्लाको मझुवा गाउँ विकास समिति १ को निगालपानीमा करिव २ महिना अघि भएको रहस्मय सुमो आगलागिको घटनामा संलग्न २ अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय रामेछापले मंगलबार सार्वजनिक गरेको छ।

मंसिर ८ गते सुमो आगजनीमा झापा जिल्ला लखनपुर गाविस १ पाडाजुगीका २७ बर्षिया सुमो चालक विशाल खडकाको मृत्यु भएको थियो। घटनामा संलग्न भएको आरोपमा प्रहरीले तेह्रथुम पौठाक ४ डाडागाउँका २६ बर्षका मन कुमार लिम्बु र रसुवा जिल्ला सरनथली ४ की १८ बर्षकी बिन्दु तमाङलाई पक्राउ गरेको हो। घटनामा संलग्न र घटनाका योजनाकार भने अझै फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
घटनाको झण्डै २ महिना पछि झापाको दमक नगरपालिका १० मा डेरा गरेर बस्ने उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरुलाई जिल्ला ल्याइ सार्वजनिक गरेको हो। अपराधी पहितचानका लागि जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक कुमोद ढूंगेल आफै लागेका थिए।
प्रहरीले उनीहरुका साथबाट ४ थान मोवाइल सेट, ९ वटा सिम कार्ड र घटनाका बेला प्रयोग गरिएका गलत प्रचारका पर्चाहरु समेत बरामद गरेको छ। घटनाको अनुसन्धानमा संलग्न रहेका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख कुमोद ढुंगेलले प्रहरी संगठनलाई नै चुनौति दिने गरी भएको घटना राजनैतिक रंग भरेको भएपनि त्यो राजनैतिक घटना नभएको बताए। घटनामा मारिएको सुमो चालक दोषी नरहेको प्रहरी अनुसन्धानमा देखिएको ढुंगेलले बताए।
धेरै नामले चिनिने मन कुमार माओवादीको अयोग्य पूर्व लडाकु समेत रहेको खुल्न आएको प्रहरीले जनाएको छ। घटनाको मुख्य योजनाकारले पैसाको प्रलोभन देखाएर घटना घटाएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ। प्रहरीले नियन्त्रणमा लिएका दुइ व्यक्ति सामाजिक संजाल पेसबुकबाट साथी बनेको र पछि केटाले घटनाको जानकारी नगराई अर्कै बहानामा लिएर हिंडेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।
यस्तो थियो घटना
घटनामा संलग्न व्यक्तिहरुले गत मंसिर ७ गते सुमो रिजर्भ गरी काठमाडौंबाट रसुवा लगेका थिए। रसुवाबाट ८ गते विहान धादिङ हेटौंडा हुदै बर्दिबासको बाटो हुँदै ९ गते विहान ४ बजे सिन्धुलीको खाल्टे चयनपुर स्थित होटल सेन्तेरेङ्गमा आइ चिया खाजा खाएर भिरपानीको सित्खा बजार हुँदै निगालपानी पुगेको उक्त सुमोका चालकलाई ३ राउण्ड गोली हाने पश्चात सुमोको पछाडि सिटमा राखेर आगो लगाएको प्रहरी अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख कुमोद ढुंगेलले जानकारी दिए।
प्रहरीले फरार योजनाकार र घटनामा समेत संलग्न व्यक्ति पहिचान भइसकेकोले उम्किन नपाउने प्रहरीले बताएको छ।
Loading...

Post a Comment

 
Top