0
Loading...
काठमाडौं २ माघ – आइतबार दिउँसो साढे २ बजे मलेसियाबाट आएको एयर एसियाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्ग नजिकैबाट ओभर सुट गरिएको छ । धावनमार्गमा एकैसाथ तीनवटा कुकुर देखापरेपछि अवतरणका लागि कोटेश्वरबाट आइसकेको विमानलाई ओभरसुट गराइएको हो । एयर ट्राफिक कन्ट्रोलरले अवतरणको अनुमति दिए पनि धावनमार्गको छेउँमै कुकुरहरु देखिएपछि ओभरसुट गराउनु परेको जानकारी दिए । विमानस्थलको धावनमार्गमा एकैपटक तीन वटा कुकुर आइपुगेपछि मलेसियाबाट आएको एयर एसियाको जहाजले अवतरण गर्न पाएन् भने दिल्लीबाट आएका जहाज पनि फर्किए । र, कुकुरलाई हटाउन विमानस्थलका सुरक्षाकर्मीले गोली चलाउनुपर्यो । अन्ततः कुकुर हटाउन विमानस्थलका सुरक्षाकर्मीले हतियार चलाउनुपर्यो । र, गोली हानेर कुकुरहरु मारियो । अहिले विमानस्थल सुचारू भइसकेको र उडान अवतरण नियमित भएको प्रवक्ता ठाकुरले जानकारी दिए ।
Loading...

Post a Comment

 
Top