0
Loading...
चलचित्र ‘पर्व’को सुटिङ सेटबाट फर्कँदै गर्दा शनिबार राति नायिका नम्रता श्रेष्ठ दुर्घटनामा परेकी छिन् । काठमाण्डौको नयाँ बानेश्वर चोकमा नम्रता र चलचित्रका सह-निर्देशक सुरेश न्यौपाने चढेको टीभी फिल्मको भ्यान दुर्घटनामा परेको हो ।
बा.१. झ १७७५ नम्बरको ट्याक्सीले भ्यानलाई ठक्कर दिएको यसका निर्देशक दिनेश राउतले जानकारी दिएका छन् । दिनेशका अनुसार नम्रताको हातमा चोट लागेको छ । सुरेशको भने खुट्टामा चोट लागेको छ । नम्रता घाइते भएपछि आइतबारको छायांकन स्थगित भएको निर्देशक राउतले जानकारी दिएका छन् । भ्यान दुर्घटनामा परेका सह-निर्देशक सुरेशले भने- ‘हामी चढेको भ्यान शंकमुलबाट पुरानो बाँनेश्वरतर्फ जाँदै थियो, बबरमहलतिरबाट आएको ट्याक्सीले नयाँ बानेश्वर चोकमै ठक्कर दियो । हाम्रो गाडी घुमेर बबरलमहलतिर फर्केको थियो । दुर्घटना ठूलो भए पनि भाग्यले ठूलो चोट लागेन ।’ चैत्र २५ गतेलाई प्रदर्शन मिति तय गरेर चलचित्रको धमाधम छायांकन भैरहेको छ । रिलिजको दिन नजिकिँदै जाँदा काम भ्याउनु पर्ने चटारो यसको निर्माण पक्षलाई छ । सुवास गिरी र निकिता पौडेलको निर्माणमा तयार भैरहेको यो चलचित्रमा कोशिश क्षेत्री, नम्रता श्रेष्ठ, माला लिम्बु, जेबिका कार्की मुख्य भूमिकामा छन् ।
Loading...

Post a Comment

 
Top