0
Loading...
काठमाडौं, १८ पुस । प्रमुख तीन दलका शीर्ष नेताहरुबीच सिंहदरबारमा बसेको आजको बैठक बिना निष्कर्ष सम्पन्न भएको छ। प्रमुख तीन दल कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुबीच प्रधानमन्त्री कार्यालय सिंहवरवारमा बसेको आजको बैठकले संसद चल्ने या नचल्ने कुनै पनि निष्कर्ष निकाल्न सकेन ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्ताव फिर्ता नलिएसम्म संसद चल्ने नदिने अडान लिएपछि सत्तापक्ष आजको बैठक सुचना टाँस गरेर ब्याक हुने र प्रतिपक्षी दललाई नचिढ्याउने पक्षमा जाने संकेत देखिएको छ ।


छलफलमा संविधान संशोधन विधेयक, संसदको अवरोध, अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीबिरुद्धको महाअभियोग र निर्वाचन सम्वन्धीे छलफल भएता पनि नेताहरु आ–आफ्नै अडानका कारण कुनै पनि बिषयमा सहमति जुट्न सकेन ।
राजनीतिक गतिरोध अन्त्यको प्रयासमा बसेको प्रमुख तीन दलको बैठक आज पनि निष्कर्ष्विहीन भएको छ । सिंहदरवारमा बसेको बैठकमा शीर्ष नेताहरु आ–आफ्नै अडानमा कायम रहेपछि सहमति नभएको हो ।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने अडान लिएका थिए । उनले बैठकपछि पनि पत्रकारहरुसँग कुरा गर्दै भने,‘संशोधन प्रस्ताव फिर्ता भए सहमति हुन्छ, एमालेले आफ्नो अडान परिवर्तन गरेको छैन्।’
त्यस्तै सत्तारुढ दल कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सहमतिको प्रयास जारी राख्ने बताए । उनले सहमति गरेर जाने कुरा आजको बैठकमा भएको बताउँदै भने,‘वार्ता जारी छ ।’
छलफलमा काँग्रेसबाट शेरबहादुर देउवा र रामचन्द्र पौडेल, एमालेबाट के।पि।शर्मा ओली र बामदेव गौतम त्यस्तै माओवादी केन्द्रबाट प्रधानमन्त्री दाहाल र नारायणकाजि श्रेष्ठ उपस्थीत थिए ।
Loading...

Post a Comment

 
Top