Loading...
काठमाडौं–सोमबार मध्यान्ह १२ बजेतिर
राष्ट्रपति भवन शीतलनिवासमा प्रवेश गर्ने भीआईपीको ताँती नै थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुमको विवाहको निम्तो
मान्न गएका भीआईपी र भीभीआईपी कोही झण्डावाल गाडीमा देखिन्थे, कोही कालो
सिसाको महंगो गाडीमा ।
ठीक त्यतिबेला एकजना भीआईपी पैदल हिँडेर
शीतलनिवासको मुलगेटमा पुगे । पुर्व उप–प्रधानमन्त्री चित्रबहादुर केसीलाई
गेटमा खटिएका नेपाली सेनाका अधिकारीले सोधपुछ गरे, त्यसपछि निम्तालुको
लिस्टमा नाम रुजु गरेर भित्र जाने अनुमति दिए ।
मुलगेटमा उभिएका पत्रकार तथा सुरक्षाकर्मी
अगुवा पछुवासहितको गाडी हेर्दै थिए । ठीक त्यतिवेला ड्युटीमा खटिएका एक
प्रहरी अधिकृतले भने, ‘ऊ ! गोकर्ण विष्ट ।’
पत्रकारका क्यामेरा सडक किनारबाट मोवाईलमा
कुरा गर्दै हिँडेका पुर्वमन्त्री तथा एमालेका सचिव गोकर्ण विष्टतिर
तेर्सिए । उनी शीतलनिवासको मुल गेटबाट पसेनन्, सडक किनार हुँदै दुई नम्बर
गेट नजिक पुगे, सडक पार गरे, अनि शीतलनिवास भित्र छिरे ।
शीलतनिवासका दुवै गेटमा औपचारिक पोशाकमा
सजिएका नेपाली सेनाका अधिकारी खटेका थिए । गेट चेकजाँचका लागी प्रहरीलाई
सहभागी गराईएको थिएन् । नेपाली सेनाको एकतारे जर्नेलको कमाण्डमा खटिएको
टोलीले राष्ट्रपति निवासको गेटसुरक्षाका लागि २०७२ मा गएको महाभुकम्पपछि
बन्देज गरेको थियो ।
बेहुली पक्षको आग्रह बमोजिम यादव परिवार
करिब ४० जना जन्ती लिएर बिहान दश बजे शीतलनिवास प्रवेश गरेको थियो ।
शीतलनिवासको कोशी हलमा जारी वैवाहिक कार्यक्रम साँझ पाँच बजे बेहुली
अन्माएपछि सकिने बताईएको छ ।
राष्ट्रपति कार्यालयले गेटमा खटिएका सुरक्षाकर्मीलाई ६६४ जना निम्तालुको नेमलिस्ट प्रिन्ट गरेर दिएको छ ।
सुरक्षाकर्मीको लिस्टमा नभएका निम्तालुलाई आयोजकसँग फोनमा कुरा गरेर बैवाहिक कार्यक्रममा सहभागी हुने ब्यवस्था मिलाईएको थियो।
‘करिब १२ सय निम्तालु आउने आकलन गरिएको
थियो’ राष्ट्रपती कार्यालयका एक सुरक्षा अधिकारीले भने, ‘क्याटरिङलाई १५ सय
जनालाई पुग्नेगरी खानेकुरा अर्डर गरिएको छ ।’
Loading...
Post a Comment