0
Loading...
अंग्रेजी नयाँ वर्षमा कुवेतमा नेपालीद्वारा नेपालीकै चक्कु प्रहार गरि हत्या
पौष १७, राज मल्ल – कुवेतको सुभानमा एक नेपालीको चक्कु प्रहार गरि हत्या भएको छ । अल यासरा(Al yasra) फुड कम्मपनीमा कार्यरत मोरङ घर भएका करिब २६ बर्षिय जिवन भट्टरार्इलार्इ सोही कम्पनीमा कार्यरत रसुवा घर भएका राजेश ग्यावाले चक्कु प्रहार गरि हत्या गरेका छन । 

सगै बस्ने दुइ जना साथीहरु डिउटीमा रहेको समयमा राजेशले आफ्नै रुम पाटनरको हत्या गरेका हुन। करिब ८ महीना पहिला रोज़गारीको लागी कुवेत आएका उनीहरु एउटै कोठामा बस्दै आएका थिए। मृतक जिवन मिल्स स्टोरमा कार्यरत थिए भने राजेश ड्राइभर काम गर्थे ।

 राजेशले क़रीब १ महिना पहिला देखि आफुलार्इ मानसिक समस्या रहेको बताउदै गत डिसेम्बर २२ तारिक देखि कम्पनीमा राजिनामा दिएर कोठामै बसेको बताइन्छ । तर हत्या गर्नुको कारण भने पत्ता लागेको छैन । हत्या आज बिहान करिब ७ बजे भएको थियो।

 हत्यापछी घटनास्थल पुगेको कुवेत प्रहरीले हत्यारा राजेश ग्यावा सहित सोही कोठामा बस्ने लाल बहादुर बोहोरा र राम बाबु दमाइलार्इ हिरासतमा लिएकोमा साेधपुछ पश्चात लाल बहादुर बाेहाेरा र राम बाबु दमाइलार्इ छोडिदिएको बुझिएको छ भने हत्या गर्ने राजेश ग्याबालार्इ हिरासतमा लिएर कानुनी कार्वाही अगाडी बढ़ाएकोमा छ । 

मृतक जिवनको लाश पोष्टमार्टमको लागी अस्पताल पठाइएको छ । घटना बारे नेपाली राजदूतावास कुवेतमा बुझ्दा आफुहरुलाइ कुनै जानकारी नभएको राजदूत यज्ञ बहादुर हमालले जानकारी दिएकाछन । स्रोत- नेपालकुवेत डटकमबाट
Loading...

Post a Comment

 
Top