0
Loading...
काठमाडौं । चलचित्र छक्का पन्जा पाइरेसी भएपछि फिल्मका निर्माता तथा कलाकार दीपकराज गिरीले कडा आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत छक्का पन्जा पाइरेसीको चपेटमा परेको भन्दै आपत्ति जनाएका हुन् ।

 छक्का पन्जा लिएर युरोप पुगेको छक्का पन्जाको टोली चलचित्र पाइरेसी भएपछि भ्रमण छोट्याएर नेपाल आउने भएको छ । थुप्रै ठाउँमा चलचित्र प्रदर्शन गर्न बाँकी रहेका बेला केही व्यक्तिले छक्का पन्जा फेसबुकमा लिक गरेको गिरीले फेसबुकमार्फत जनाएका छन् ।
 यसरी पाइरेस गर्ने गराउने गिरोह विरुद्ध आफू लड्ने गिरीले प्रतिवद्धता पनि जाहेर गरेका छन् । केही दिनमै आफूले आधिकारीक रुपमा फिल्म युट्युवमा अपलोड गर्ने भएकाले आधिकारीक रुपमै सबैले हेर्न पाउने पनि कलाकार गिरीले बताएका छन् ।


 छक्का पन्जा पाइरेसीको चपेटामा परेको छ
फिल्म लिएर यूरोप आएका हामि भ्रमण छोट्याउदै छौ ...
थुप्रै ठॉउमा चलचित्र प्रदर्शन गर्न बॉकि रहेको थियो
केहि ब्यक्तिहरू प्रहरीको फन्दामा पनि छन्..
चलचित्र वा अन्य सृजनात्मक कृतिहरू अरूको सम्पत्ति हो.. यो प्राप्त भए पनि फेसबुकमा शेयर गर्नु अपराध हो भन्ने कुरा नबुझनेहरू समस्यामा पर्न सक्छन्
सम्भवत: भोलि सम्ममा आधिकारिक रूपमै यूटुबमा हेर्न पाउनु हुनेछ.. त्यसैले आधिकारिक रूपमै हेर्नु होला
चलचित्र प्राप्त भए पनि शेयर गर्न बाट बच्नु हुन अनुरोध गर्दछू
यसबाट जस जसलाइ ब्यबसायीक क्षति पूगेको छ
सबै संग क्षमा माग्छौ... आगामि दिनमा पाइरेसी गर्ने, गराउने गिरोह बिरूद्द सशक्त रूपमा अगाडि बढने प्रण पनि गर्दछौ...!!!
Loading...

Post a Comment

 
Top