बर्ष
२०७३ मा नेपालले धेरै चर्चित सेलिब्रेटी गुमाएको छ। नेपाली कला क्षेत्रका
लब्धप्रतिष्ठित व्यक्तिहरुको २०७३ मा निधन भयो। आज हामि ती नेपाली कलाकारको
चर्चा गर्दैछौ जसलाई हामीले यो बर्ष गुमायौ ।
१.संगीतकार अम्बर गुरुङ (जेठ २५)
बरिष्ठ
संगीतकार अम्बर गुरुङको निधन जेठ २५ गते ७८ बर्षको उमेरमा भएको थियो।
संगीतकार अम्बर गुरुङले नेपालको राष्ट्रिय गीत ‘सयौ थुगा फूलका हामि’मा
समेत संगीत दिएका छन्। भारतको दार्जीलिङमा जन्मिएका अम्वर ‘६०’ को दशकबाट
नेपाली सांगीतिक क्षेत्रमा सक्रिय थिए। संगीतकार गुरुङको खाना नलीमा भएको
ट्युमरको कारण निधन भएको थियो।
२.गायक खेम राज गुरुङ (भदौ ९)
चर्चित
गायक तथा संगीतकार खेमराज गुरुङको भाद्र ९ गते निधन भएको थियो। ‘वारी
जमुना परि जमुना’ , ‘भन्छन् बुढापाका’ जस्ता गीतले खेमराजलाई चर्चित बनाएको
थियो। खेमराज गुरुङको जन्म संखुवासभाको खादवारीमा भएको थियो। ४२ बर्षको
उमेरमा निधन भएका खेमराज ‘जन्डिस’ बाट पिडित थिए।
३.वरिष्ठ तबला बाद्क होम नाथ उपाध्याय (भदौ २३)
वरिष्ठ
तबला बादक होम नाथ उपाध्यायको भाद्र २३ गते निधन भएको थियो। उनको
क्यान्सरको कारण निधन भएको थियो। उपाध्यायले भारतबाट संगीतमा मास्टर्स
गरेका थिए। बलिउड र नेपाली संगीतको दुनियाँमा उनि अब्बल तबला बाधकको रुपमा
प्रख्यात थिए।
४.गायक सुनिल बर्देवा (भदौ २८)
संगीतकार,
गायक तथा गीतारिस्ट सुनिल बर्देवाको भाद्र २८ गते निधन भएको थियो। ‘गोरेटो
अनि उस्तै छ गल्लि’ गीतबाट चर्चाको शिखरमा बर्देवा पुगेका थिए। ४४ बर्षको
उमेरमा बर्देवाको निधन भएको थियो।
५. कलाकार आर .पि . भट्टराई(मङ्सिर २४)
तितो
सत्यबाट ‘लाजालाम’ पात्रमा निकै रुचाईएका आर.पि भट्टराईको विराटनगरमा
फुफुको घरमा मङ्सिर २४ गते निधन भएको थियो। लाजाराम विछ्यौनामा मृत
अवस्थामा भेटिएका थिए। ४२ बर्षिय आरपी प्रेसर र सुगरका बिरामी थिए। नर्मल
व्यतिको भन्दा बढी तौल भएका उनि अभिनय संगै गायन कलामा समेत निकै अब्बल
थिए।
६.कलाकार बिष्णु भक्त फुयाल(पुस २०)
तितो
सत्यमा ‘यो माइ लभ’ बाट निकै चर्चित बनेका बरिष्ठ रंगकर्मी तथा
टेलिचलचित्रका कलाकार बिष्णुभक्त फूयॉलको निधन पौष २० गते भएको थियो। उनको
जमलस्थित राष्ट्रिय नाचघरमा नाटक गर्दागर्दै उनको निधन भएको थियो। लामो समय
सम्म नेपाली रंगकर्ममा आफ्नो समय बिताएका बिष्णुभक्तको निधनलाई अलौकिक
समेत मानिएको छ।
७. गायक तथा ऱ्यापर यम बुद्ध (माघ १)
नेपाली
ऱ्याप दुनियाँमा आफुलाई अब्बल रुपमा उभ्याउन सफल ऱ्यापर हुन्, अनिल
अधिकारी उर्फ ‘यमबुद्ध’। ऱ्याप दुनियाँका बादशाहका रुपमा परिचित अनिलले
माघ १ गते बेलायतमा आत्महत्या गरेका थिए। विगत केहि समयदेखी परिवारसहित
लण्डनमा बस्दै आएका ‘यमबुद्ध’ आफ्नो घरको बाथरुम घाटीमा बेल्टले पासो लगाएर
झुन्डीएको अवस्थामा भेटिएका थिए। सन् १९८७ मे ३० मा धनकुटामा जन्मिएका
अनिल अधिकारी ऱ्यापर ‘यमबुद्ध’ को नामले परिचित भए। राजनीतिज्ञ अम्बिका
प्रसाद अधिकारीका छोरा हुन् अनिल। परिवार संगै सलकपुर, मोरङ बसाई सरेका
अनिल पछी घट्टेकुलो, काठमाडौंमा सरेका थिए। सयौ ऱ्याप गीत संगै धेरै
चलचित्रमा समेत उनले आवाज दिएका छन्।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.