0
Loading...

फोटो इकान्तिपुर बाट
सुनसरी १७ माघ – सुनसरीको इटहरी वडा नं. १४ खनारमा सोमबार दिउँसो प्रहरी र आपराधिक गिरोहमा संलग्न व्यक्तिबीच गोली हानाहान भएको छ। सुनसरी–मोरङ सिचाई आयोजनाको नहरको बाटोमा प्रहरीको गोली लागेर आपराधिक गिरोहमा संलग्न तीन जना घाइते भएका छन्।
इटहरी-१४ अन्तर्गतको खनारस्थित सुनसरी मोरङ सिंचाई आयोजनाको नहरखण्डमा भएको गोली हानाहानमा ३ जना  घाइते भएका छन् । उनीहरु आपराधिक क्रियाकलापमा संलग्न भएको प्रहरीको दाबी छ ।
प्रहरीका अनुसार प्रहरीलाई लक्षित गरी तीन जनाको समूहमा गोली प्रहार गरेपछि प्रहरीले जवाफी कारबाही गरेको थियो ।
घटनास्थलबाट प्रहरी चार थान पेस्तोल समेत बरामद गरेको छ । मेड इन युएस लेखिएको दुई थान र अन्य दुई थान पेस्तोल बरामद भएको बताए ।
‘केही दिनअघि मोरङको कर्सियामा भएको लुटपाटमा संलग्न भएकाहरु नै संलग्न भएकाहरुमाथि प्रहरीले निगरानी राखेको थियो’ प्रहरीले  भने, ‘सो घटनाका एक अभियुक्तहरुलाई नियन्त्रणमा लिएका थियौं । अन्य तीन जना फरार थिए ।’
खनारको घटनामा फरार तिनै अभियुक्त हुन् । प्रहरीको गोली लागेर घाइते भएका उनीहरुको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार भइरहेको छ ।
Loading...

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top