Loading...
बुटवल उद्योग वाणिज्य संघको आयोजनामा पुष ८ गतेदेखि बुटवलमा जारी औद्योगिक व्यापार मेला आज सम्पन्न भएको हो ।
बुटवलमण्डपमा मेलाका अवसरमा भ्वाइस अफ बुटवल, दोहोरी गित प्रतियोगिता, बिद्यालयस्तरी लोक गित र लोक नृत्य प्रतियोगिता, आमा नृत्य प्रतियोगिता, युगल नृत्य प्रतियोगिता, कृषि वालि प्रतियोगिता, माछा मार्ने बल्छी प्रतियोगिता,मत्स्य फेष्टिवल,दुग्ध बजारीकरण कार्याशाला गोष्ठि लगायतका कार्यक्रमहरु पनि सम्पन्न भएका छन ।
मेला समापनका अवसरमा मेलामा सहभागि स्टलहरु मध्येबाट उत्कृष्टहरुलाई पुरस्कृत गरीएको छ । समग्र सहभागिहरुको तर्फबाट ज्याकोर इण्डष्टिज प्रथम, न्यु कुसुम फुड प्रोडक्ट द्धितिय, बुटवल स्टिल फर्निचर तृतिय र गुप्ता नर्सरी सान्त्वना भएका छन । त्यस्तै कृषि तर्फ नेपाल मत्स्य बिकास संघ प्रथम, कोठी हिमाल अल्लो कपडा उद्योग द्धितिय, बिजी ग्रुप खुदो उद्योग तृतिय र मोतिपुर हाम्रो डेरी उद्योग सान्त्वना, महिला उद्यमी तर्फ बंगलामुखि अचार उद्योग प्रथम, प्रेम निसा अल्लो धागो तथा तयारी पोशाक उद्योग द्धितिय, बसन्ति अचार उद्योग तृतिय र संकल्प घरेलु तथा तान उद्योग एवं कमल बिनायक अगरबत्ति धुप उद्योग सान्त्वना भएका छन ।
त्यसैगरी हस्तकला तथा लघु उद्यमी तर्फ हस्तकला नेपाल प्रालि प्रथम, अन्नपुर्ण पटेर मुठा लघु उद्यमी द्धितिय, खनाल पाल्पाली ढाका उद्योग तृतिय र पाल्पाली बास तथा हस्तकला उद्योग सान्त्वना भएका छन ।
संघका निवर्तमान अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठ संयोजकत्वमा गठित मुल्याकंन समितिको निणर्य अनुसार उत्कृष्ट स्टलहरुलाई पुरस्कृत गरीएको थियो । मेला समापनका दिन शनिवार भएको दोहोरी गित प्रतियोगितामा एस के म्युजिक बुटवल बिजयी भएको छ ।
प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान लुम्विनी द्धितिय भएको छ । प्रतियोगिताको प्रथमलाई ५१ हजार र द्धितियलाई ४१ हजार नगद सहित पुरस्कृत गरीएको थियो । मेला समापन समारोहमा नेपाल उद्योग वाणिजय महासंघका पुर्वअध्यक्ष चण्डीराज ढकाल, क्षेत्रीय प्रशासक खगराज बराल, महासंघका उपाध्यक्ष किशोर प्रधानले पुरस्कार बितरण गर्नु भएको थियो ।
समापन कार्यक्रममा बोल्ने बक्ताहरुले औद्योगिक व्यापार मेला नमुनाका रुपमा सम्पन्न भएको भन्दै संघको प्रशंसा गरेका थिए । महासंघका पुर्वअध्यक्ष ढकालले नेपालको नीजी क्षेत्र सक्षम बन्दै गएको उल्लेख गर्दै बन्द हडताल जस्ता बिकास बिरोधी गतिबिधिहरु रोकेर लगानी र रोजगारी श्रृजनाको वातावरण बनाउन राजनीतिक दलहरुलाई आग्रह गर्नु भयो ।
क्षेत्रीय प्रशासक बरालले बुटवलको मेला मुलुकका अन्य ठाउमा भएका मेला भन्दा निकै फरक रुपमा सम्पन्न भएको बताउदै यस्ता मेलाले उद्यमसिलताको बिकास हुने बताउनु भयो ।
महासंघका उपाध्यक्ष प्रधानले लुम्विनीको आर्थिक समृद्धिका लागि संघले अघि सारेको लगानी लुम्विनीमा समृद्धि देशमा भन्ने मुल नारालाई महासंघले ग्रहण गर्ने बताउनु भयो ।
संघका अध्यक्ष महेशमान सिंहको अध्यक्षता र महासचिव हरि प्रसाद अर्यालको सञ्चालनमा सम्पन्न समापन समारोहमा नेपाल स्थित बगंलादेशको राजदुतावासका प्रथम सचिव मोहम्मद अवुल हव, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिनोद प्रताप सिंह, रुपन्देही व्यापार संघका अध्यक्ष मोतिलाल पाण्डे, स्टल सहभागि तथा हाम्रो मोतिपुर डेरी उद्योगका सञ्चालक रामनाथ माली लगायतले बोल्नु भएको थियो ।
Loading...
Post a Comment