0
Loading...

काठमाडौं, २५ पुस । नेपाली काँग्रेसका नेता एवं सांसद धनराज गुरुङले संविधान संशोधन विधेयक टेबल भएकामा असन्तुष्टि जनाएका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालद्धारा आयोजित साक्षात्कारमा सांसद गुरुङले यथास्थितिमा संविधान संशोधन गर्नुपर्ने कुनै आवश्यकत्ता नै नरहेको जिकिर गर्दै संसदमा जबरजस्ती विधेयक दर्ता गर्नु गलत कदम भएको बताए ।
‘म संशोधन विधेयकको पक्षमा छैन, सर्वस्वीकार्यको नाममा संविधान संशोधन गर्ने कुरा अहिले सम्भव छैन’, उनले भने– ‘दलहरुबीच अधिकतम सहमति गरेरमात्रै संशोधन गर्नुपर्छ ।’
एमालेजस्तो पार्टीलाई बाहिर राखेर वा सहमति नगरिकन संशोधन गर्नुको कुनै अर्थ नहुने भन्दै नेता गुरुङले संशोधनमा जबरजस्ती नगर्न पार्टी नेतृत्वलाई आग्रह गरे ।

‘लोकमानलाई महाअभियोग लगाउनैपर्छ’

नेता गुरुङले लोकमानलाई सर्वोच्चले पदमुक्त गरेपनि यसलाई यतिकैमा हाइसञ्चो मानेर बस्न नहुने भन्दै संसदबाटै महाभियोग लगाउनुपर्ने बताए ।
उनले भने– ‘लोकमानले अक्षम्य कार्य गरेका छन्, त्यसैले उनलाई संसदबाट महाअभियोग लगाएर कारवाही गर्नुपर्छ, लोकमानले गरेका भ्रष्ट कार्य र काला कर्तुतहरुलाई महाअभियोग लगाएर छोड्नुपर्छ ।’
Loading...

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top