0
Loading...
नेपाली चलचित्रको इतिहासमा इतिहास निर्माण गरेको बहुचर्चित चलचित्र ‘छक्का–पञ्जा’अब नेदरल्याण्डमा प्रदर्शन हुने भएको छ । दीपा–श्री निरौलाले पहिलोपटक निर्देशन गरेको चलचित्र छक्कापञ्जाले नेपालको चलचित्र इतिहासमै सबैभन्दा सफल चलचित्रको नाम लेखाएको छ । यही सफल चलचित्रलाई यही जनवरी ९ तारिखमा कलाकार दीपकराज गिरी र दीपाश्री निरौला स्वंको उपस्थितिमा प्रदर्शन गर्न लागिएको हो । सम्पूर्ण नेदरल्याण्डवासी नेपालीहरुद्धारा आयोजित सांस्कृतिक कार्यक्रमको नाम दिइएको कार्यक्रममा चलचित्र छक्कापञ्जाको साथमा कलाकारद्धयले कार्यक्रममा उपस्थितहरुका लागि विशेष रमाइला कार्यक्रम समेत पस्कनेछन । कार्यक्रमका संयोजक मदन केसीका अनुसार चलचित्र छक्कापञ्जा १२ घण्टादेखि १७ घण्टासम्म प्रर्दशन गसिरने कार्यक्रम छ । ‘कार्यक्रम शुरु भएपछि मध्यरतासम्मै चलचित्र प्रदर्शन गरिनेछ’, केसीले भने ।
कार्यक्रममा डिजे पार्टीसमेत हुनेछ । कार्यक्रम आमस्टर्डस्थित रुबेन प्यालेस हलमा हुनेछ । जुन हलमा यसअघि नेपालका चर्चित गायकहरु शिब परियार, दीपक लिम्बु र अन्यले समेत भव्य कार्यक्रम सम्पन्न गरिसकेका छन् । कार्यक्रमका लागि १५ यूरोको टिकट राखिएको आयोजकले बताएका छन् । ‘नेदरल्याण्डमा रहेको सबै नेपाली दाजुभाई, दिदबिहिनी, विधार्थी, व्यवसायी तथा शुभचिन्तकमा कार्यक्रममा उपस्थित भएर कार्यक्रम सफल पार्न तथा मनोरञ्जन लिन आग्रह गर्दछौं,’ कार्यक्रम संयोजक केसीले भने । केसीले नेपालकै सपल चलचित्र छक्कापञ्जा हेर्ने अवसर तथा दीपकराज गिरी र दीपाश्री निरौलालाई भेटने अवसर नगुमाउन पनि आग्रह गरे । कार्यक्रमका बारेमा थप बुझ्नुपरेमा मदन केसी र सबु पौडेललाई सम्पर्क गर्न पनि आयोजकले अनुरोध गरेका छन् ।
Loading...

Post a Comment

 
Top