काठमाडौँ
। शारीरिक सम्बन्धपछि नुहाउदा गर्भ बस्दैन, पहिलो सेक्समा गर्भ रहदैन,
सेक्सपछि तुरुन्तै महिलाले पिसाव गर्दा गर्भ रहदैन । हाम्रो समाजमा रहेका
यस्ता भ्रमले महिलाहरु अनिच्छित गर्भधारण गर्न बाध्य छन् । नेपाली समाजमा
गर्भसंग जोडिएका निकै भ्रमहरु छन् ।
१. महिनावारीको बेला सेक्स गर्दा गर्भ रहदैन भन्नु भ्रम हो । किनकि शुक्राणु ७ दिनसम्म सक्रिय रहन्छन् । जसका कारण गर्भ रहने सम्भावना रहन्छ ।
२. पहिलो पटकको सेक्समा गर्भ रहदैन भन्नु पनि भ्रममात्र हो । त्यसकारण बच्चाको चाहना छैन भने परिवार नियोजनका साधन प्रयोग गर्नुपर्छ ।
३. सेक्स गर्ने बित्तिकै नुहाउदा वा पिसाब गर्दा गर्भ रहदैन भन्नु पनि भ्रममात्र हो ।
४. सेक्स गर्ने बित्तिकै उभिदा वा हिड्दा गर्भ रहदैन भन्नु पनि भ्रम हो ।
५. पानीमा सेक्स गर्दा वा सेक्स पछि पानीमा बस्दा गर्भ रहदैन भन्नु पनि भ्रम हो ।
परिवार नियोजनका साधनका प्रयोग नै सबैभन्दा उत्तम गर्भ निरोधको विधि हो ।
Post a Comment