Loading...
काठमाडौं: राजा, रजौटा उन्मुलनका साथ राजा महेन्द्रबाट मुस्ताङको मार्नाथ राज पद्वी पाएका जिग्मे पलवर बिष्ट आफनो राजपाठको ५४ औं बर्षमा राजधानीको चाबहिलस्थित ओम नर्सिङ होमको आइसीयुमा शुक्रबार बिहान १ बजे सदाका लागि अस्ताए।
आप्mनो घरायसी डाक्टर ओम नर्सिङ होमका
वरिष्ठ चिकित्सक युएन पाठक उपचारमा संलग्न थिए । ८६ बर्षीय राजा
राजनीतिमाभन्दा र्धािर्मक, सांस्कृतिक, स्थास्थ्य र शिक्षा प्रेमीका रुपमा
परिचित रहेकोले उनले जो कोहीलाई भन्थे, ‘राजा महेन्द्रको राष्ट्रिय एकता,
अखण्डता र सार्वभौमसत्ताका लागि रहेको राजनीति र राजा वीरेन्द्रको शान्तिका
लागि अन्तर्राष्ट्रिय जगतमा खेलेको भूमिका आम बौद्धमार्गीले अनुसरण
गर्नुपर्छ ।’
उनले बुद्धत्वको अनुसरण महेन्द्र र
वीरेन्द्र बाहेक अरु कसैले गर्न नसकेको समेत बताउदै आएका थिए । ‘बुद्धत्वको
अनुसरण यो राष्ट्रका लागि महेन्द्र र वीरेन्द्र बाहेक अन्यले गर्न सकेको
भए मुलुक आज कठिन र जटिल अवस्थाबाट गुज्रदैनथ्यो होला,’ उनले भनेका थिए,
‘मलाई अन्तिम अवस्थामा पनि तीनै दुई राजाको याद आइरहेछ ।’
जसले मुस्ताङको प्रत्येक भ्रमणमा आफूसंग
मुलुकको राजनीति र त्यस क्षेत्रको आर्थिक विकास एवम् सामाजिक कार्यमा
अभिरुची राख्थे । राजा महेन्द्रले २०१९ सालमा राजा रजौटा उन्मुलन गर्दै
सल्यान, बझाङ, जाजरकोट र मुस्ताङमा मानार्थ राजा कायम गरेका थिए ।
२०६२÷०६३ को गणतान्त्रिक आन्दोलनको
उपलब्धिपछि यी चारै मानार्थ राजाहरुको पद्वी स्वत अन्त्य भयो । राजा पलवरका
उत्तराधिकारी धर्मपुत्रका रुपमा रहेका जिग्मे सिङ्गी पलबर बिष्टले आफ्नै
निवास बौद्धस्थित त्रिकाल गुम्बामा कुराकानी गर्दै भने,‘ मेरो बुबा एउटा
सच्चा राजभक्त हुनाको कारण राजा महेन्द्र र वीरेन्द्रमा यो देसप्रतिको
गहिरो प्रेम र बुद्धत्वप्रतिको ज्ञान एवम् भक्तिनै हो ।’
राजाले राजा रजौटा उन्मुलनगर्दा पनि आफ्नो
बाबुलाई मुस्ताङको राजप्दवी दिदै मानार्थ नेपाली सेनाको प्रमुख सेनानी पद
दिएकोमा आफूमात्र नभएर आम मुस्ताङबासी नै हर्षित रहेको बताए । विगत ३५
बर्षदेखि ब्लड प्रेसरको रोगी आफ्ना पिता किड्नी, फोक्सो र अहिले आएर
निमोनियाको रोगले संसारबाट बिदा भएको छोरो बिष्टले बताए ।
गत बुधबार अस्पताल भर्ना भएका बाबुले
आफूसँग बारम्बार छेउमै बस, राजाको कर्तव्य निभाऊ, जनता र सहयोग माग्न आउने
जो कोहीलाई खाली हात नर्फकाउ भनिरहेको सम्झना गर्दै आँंसु झारिरहे । राजाका
भन्जा छेवाङ विष्टले राजाले आठौं, १४ औं शताब्दिमा निर्माण भएका करिब एक
दर्जन गुम्बाको पुनर्निर्माण गरेको बताए ।
उनले भने,‘ मुस्ताङ गुरु पहमा सुब्बाले
आठौं शताब्दिमा निर्माण गरेको लोगेकर गुम्बालाई १३ औं शताब्दिपछि आएर
पुनर्निर्माण गरे। यसैगरी १४ औं शताब्दिमा पहिलो मुस्ताङी राजा अभिपालले
निर्माण गरेका चराङ, झप्पाम्पा, थुप्चेन लोमान्थाङ, निफुक लगायतका गुम्वा
सातौ शताब्दिपछि आएर पुनर्निमाण गरे ।
उनल भने,‘यी सबै गुम्बाको पुनर्निर्माण
राजा पलवरको आग्रहमा हिमालयन फाण्डेशन अमेरिकन को सहयोग र सद्भावमा सन्
१९९२ मा पुनर्निमार्ण भएको हो ।’
सरकारले सन् १९९२ मा मुस्ताङ यात्रा
विदेशीको लागि खुल्ला गरेपछि प्राप्त अमेरिकन सहयोगको सदुपयोगले त्यहाँ
अनेकौ गुम्बा, विद्यालय, बाटो निर्माणमा समेत सहयोग पुगेको जानकारी छोवाङले
दिए । कोही माग्न वा सहयोगको लागि आएमा राजाको नीति खाली हात नर्फकाउने
रहेको उनले बताए ।
बिष्ट परिवारका एक सदस्यले भने, ‘पूर्व
राजाको अधिनमा रहेको लोमाङथाङ दरबारको अंशवण्डा गर्नुपर्ने मागसहित उनकी
भाइ बुहारी डिक्की डोलकर विष्टले तत्कालिन मुस्ताङी राजा झिग्मी
पलवरविरुद्ध मुद्दासमेत दिएकी थिइन् ।
उक्त मुद्दा मुस्ताङ जिल्ला अदालत,
पुनरावेदन अदालत बागलुङ हुँदै सर्वोच्चसम्म पुगेको थियो । यस मुद्दामा
सर्वोच्चले पाँच बर्षअघि ऐतिहासिक एवम् पुरातात्विक महत्वको दरबारलाई
भागवण्डा गर्न नमिल्ने भन्दै राजाकै पक्षमा फैसला दिएको थियो ।
उक्त दरबारलाई उत्तरी सीमानाको सुरक्षाको
प्रतिकका रुपमा लिइन्छ । राजाका सहयोगी डिल्लीराम तिवारीले जिग्मे फाण्डेशन
ट्रेकिङका संरक्षक रहेका बिष्ट नेपाली भाषा कम बुझ्ने भएता पनि नेपाल र
नेपालीको विकासको मान्यता राखिरहन्थे । त्यसैको परिणाम उनले शिक्षा,
स्वास्थ्य लगायतका क्षेत्रमा आफ्नो सक्दो सहयोग जुटाउने कार्य गर्ने गरेको
जानकारी तिवारीले दिए ।
फुर्सदको समयमा आफ्ना कर्मचारि र
सहयोगीबीच राजा महेन्द्र र वीरेन्द्रको बिषयमा चर्चा परिचर्चा गर्न रुचाउथे
। नेपालको राष्ट्रियता, अन्तर्राष्ट्रिय सम्बन्धमा यी दुई राजाको भूमिका र
उनीप्रतिको प्रेमका विभिन्न बिषय र प्रसंग आफुसंग राख्ने गरेको तिवारीले
बताए ।
बौद्ध पराम्परा अनुसार बिष्टलाई ओम नर्सिङ
होमबाट उनको निवास त्रिकाल गुम्बामा बिहान लगेको थियो । त्यहाँं उनको
अन्तिम दर्शनका लागि असंख्य बौद्धमार्गी अन्तिम श्रद्धान्जलि दिइरहेका थिए ।
उनको अन्त्यष्टि बौद्ध परम्परा अनुसार आगामी सोमबार अपरान्ह १ बजे टेकू
दोभानमा हुने जानकारी पूर्व राजाका छोराले दिए । स्वर्गीय राजाका ८३ बर्षीय
श्रीमती सिटोल पलबर बिष्ट छन् ।
Loading...
Post a Comment