Loading...
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा रायमाझीले संशोधन विद्येयक कसैको पनि हितमा नरहेको दाबी गर्दै भने,‘यो संशोधन प्रस्तावले कसैको हित गर्दैन्, न त यसले जनताको नै हित गर्छ, न त राष्ट्रको नै, र यो सिमांकन हेरफेरको विषय त झनै संघीयताको मर्म र भावना विपरित छ।’
उनले ९० प्रतिशतले जारी गरेको संविधान अहिले आएर एमालेपनि यो विद्येयकको विपक्षमा हुँदा कसरी दुई तिहाई पुग्छ भन्दै प्रश्न समेत गरे। उनले भने,‘एमालेले मात्रै होईन, हामी सरकारमा भएकापनि यो प्रस्तावको विपक्षमा छौं।’
रायमाझीले आन्दोलनकारीहरुको माँग पूरा गर्नुपर्छ भन्ने पक्षमा आफूहरु अझै पनि गम्भिर रहेको बताउँदै भने,‘आन्दोलनकारीहरुका माँगहरु राष्ट्रिय सहमति जुटाएर सम्बोधन गर्नुपर्छ।’ उनले अहिले सरकारले ल्याएको प्रदेशको सिमांकन हेरफेरको प्रस्तावले मधेशी मोर्चाको माग पूरा हुनै नसक्ने ठोकुवा गरे।
Loading...
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.