0
Loading...
काठमाडौं, १६ पुस । मौसमविद्ले यो वर्ष गएका वर्षहरुको तुलनामा चिसो कम भएको बताएका छन् । पोहोरपरार हिउँदे पानी पर्दा न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस भन्दा कम हुने गरेकोमा यो बर्ष तापक्रम ५ डिग्रीभन्दा कम नभएको मौसमविद् वरुण पौडलले जानकारी दिए ।
पोहोर पुस १६ गतेको न्यूनतक तापक्रम ३ दशमलव ६ डिग्री सेल्सियस थियो । तर त्यही दिन आज बिहान काठमाडौं उपत्यकाको तापक्रम ५ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ । हिउँदे पानी नपर्दा यसबर्ष चिसो कम भएको मौसमविद पौडेलले बताए ।
हिउँदे वर्षा भए, हुस्सु लाग्नुका साथै देशभरी कै न्यूनतम तापक्रम घटेर चिसो बढ्ने मौसमविद् पौडेलको भनाई छ । यसैबिच आइतबार र सोमबार देशभरीकै मौसम बदली भइ केहि ठाउँमा फाट्टफुट्ट पानी पर्ने अनुमान गरिएको उनले बताए ।
Loading...

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top