0
Loading...
नेपालगञ्ज १५ पुस । अज्ञात समुहले खुकुरी प्रहार गरी घाइते बनाएका युवा संघ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीको भारतको लखनउस्थित साहारा अस्पतालमा उपचार भैरहेको छ ।

बाँकेका युवा संघ जिल्ला सचिब कुश्माखर बस्यालले  दिएको जानकारी अनुसार बुढाथोकीलाई बिहीबार मध्यरातमै लखनउ लिएको हो । ‘अहिले उहाँको एमआरआई भएको छ,’ बुढाथोकीसँगै लखनउ पुगेका युवा संघ भेरी अञ्चल सदस्य ज्ञानेन्द्र थापाको भनाई उध्रित गर्दै बश्यालले भने, ‘उहाँको थप उपचार जारी छ ।’ बुढाथोकीसँगै बाँकेका नगर अध्यक्ष ज्ञानु ओली पनि लखनउ पुगेका छन ।

बुढाथोकीको हत्याप्रयास गर्ने अपराधीलाई तुरुन्त खोजी गरी कारवाही गर्न माग गर्दै युवा संघ बाँकेले जिल्ला बन्दको घोषणा गरेको पनि थापाले जानकारी दिए ।
यता युवा संघ केन्द्रीय कमिटीले पनि देशैभरी आन्दोलन चर्काउने घोषणा गरेको छ । ‘युवा संघमाथि श्रृखलबद्धरुपमा हत्या प्रयास भएका छन्,’ युवा संघका प्रवक्ता प्रभातविक्रम कटुवालले भने, ‘युवा संघले नकाबन्दीविरुद्ध चलाएको मधेस आन्दोलन, राष्ट्रघाती संविधान संशोधन प्रस्तावविरुद्ध देशभरी नै सञ्चालन गरेको आन्दोलन आदिबाट डराएर राष्ट्रविरोधीहरुले यस्तो हर्कत गरेका हुन् । युवा संघ यस्ता खाले आक्रमणबाट डराएर भाग्दैन ।’
उनले आन्दोलन झन् शसक्त बनाउने र अपराधीलाई कानुनी कठघरामा ल्याएरै छाड्ने चेतावनी पनि दिए ।

Loading...

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top