0
Loading...
काठमाडौं, २१ मंसीर । चर्चित हास्य टेलिश्रृङखलाको शीर्ष गीत ‘मेरी बास्सै’, चलचित्र अन्दाजको ‘सिम्पल सिम्पल कान्छी को डिम्पल पर्ने गाला’ लगायतका गीत नसुन्ने नेपाली सायदै होलान । नेपाली मात्र होइन बिदेशीका मुखबाटसमेत ‘सिम्पल सिम्पल कान्छी को डिम्पल पर्ने गाला’ को भाका सुन्न सकिन्छ ।
13620724_987078744742130_6046709704706869826_n
गीतकार संकर अधिकारी घायल
यही गीतका रचनाकार, लोक गीत, आधुनिक गीत, चलचित्रको गीत, संगीतकार, चलचित्रको कथा लेखनसमेत गर्ने स्रष्टा शंकर अधिकारी ‘घायल’ नेपाली संगीत क्षेत्रमा नयाँ– नयाँ कोसेलीहरु दर्शकमाझ लिएर आइरहन्छन । साहित्य र गीत–संगीत मै केही गरौ भनेर लागिपरिरहने उनै स्रष्टा शंकर अधिकारी ‘घायल’फेरि नेपाली श्रोता तथा दर्शकका लागि नयाँ कोसेली लिएर आइपुगेका छन् । यसपटक भने उनको रचनामा आएको नयाँ गीतमा मायाका लागि जुनतारा नै साक्षी राख्ने परिकल्पना छ । यसबाट नै घायलो सिर्जनशीलता र परिकल्पनाशिलता कति छ भन्ने बुझ्न सकिन्छ । जोसँग सिर्जनशीलता र परिकल्पनाशीलता हुन्छ उसैले यस्ता रचनाहरु गर्न सक्छ भन्ने कुराको पुष्टि घायलले यो गीत मार्फत गरेका छन् ।
संगीत र साहित्यका बहुक्षेत्रमा क्रियाशील रहेपनि ‘म गीतकार हुँ, गीतकार भएर जन्मिए, गीतकारै भएरै मर्न चाहान्छु’ भन्ने स्रष्टा शंकरको यो गीतमा वास्तविक उनको रचनाकारिता देखिएको छ । गीत सुमधुर स्वरकी धनी नित्यशिवाको स्वरले सजिएको छ भने संगीत स्वंय घायलकै रहेको छ । पुस्कर सुनुवार एरेञ्जर रहेको गीतको अडियो एनएचएस मिडियाले निकालेको हो ।
‘जुनतारा, दुनियाँ सारा, हाम्रो मायाको साक्षी भो
हाँसी–हाँसी यो फूल पनि हाम्रो मायाको साथी भो’  को सुन्दर भिडियो पनि बनेको छ । घायलकै निर्देशनमा बनेको भिडियोमा हर्षित रिजन र सुबी शाहीले सुन्दर अभिनय गरेका छन् । म्युजिक हाइलाइटसले पोष्ट प्रोडक्सन गरेको भिडियो लाइटनेपालको यूट्युब च्यानलमार्फत हेर्न सकिन्छ ।
Loading...

Post a Comment

 
Top