0
Loading...
काठमाडौं– शोभिता खड्का (यादव) ललितपुरको बालकुमारीमा डेरा गरेर बस्थिन् । उनको श्रीमान् रोजगारीका लागी साउदी अरब गएको दुई बर्ष भन्दा बढी भैसकेको छ । ११ बर्षिय छोरा पढाएर बसेकी शोभिता बालकुमारीमा रहेको हेरिटेज फेशन गार्मेन्टमा काम गर्न थालेकी थिइन् ।
सप्तरीको डाढा गाविस–७ स्थायी घर भएकी शोभिता गार्मेन्टमा काम गर्ने सिलसिलामा चिनजान भएको राजु महमदसँग प्रेममा परिन् । राजु पनि सोही गार्मेन्टमा काम गर्थे ।
सामान्य चिनजानको सम्बन्ध प्रेमी–प्रेमिकामा रुपान्तरण भएपछि उनीहरु प्रायजसो बालकुमारीमा अवस्थित गुह्य पोखरी आसपासमा डेटिङ जान थाले । यो प्रक्रिया लामो समय चल्यो ।
crimeप्रेम सम्वन्धले उनीहरुलाई शारीरिक सम्वन्धको ढोका खोलिदीयो । ३० बर्ष उमेर पुगेकी शोभिता र २२ बर्षिय राजुबीच यौन सम्पर्क हुन थाल्यो । महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी पिताम्बर अधिकारीका अनुसार शोभिता गर्भवती भएपछि राजुले गर्भपतनको औषधी किनेर खुवाएका थिए ।
यसरी सम्वन्धको गहिराई बढ्दै गएपछि शोभिताले राजुसँग पैसा माग्न थालिन् । प्रहरीका अनुसार ‘पाँच लाख देउ’ भनेर पटक–पटक माग्न थालेपछी राजु बेचैन अवस्थामा पुगे । यसअघि शोभिताको श्रीमान्ले एक पटक बिदामा नेपाल आउँदा उनिहरु बिचको प्रेम सम्वन्ध बारे गाईगुई सुनेपछी राजुलाई कुटेका पनि थिए ।
शोभिताले आफ्नो श्रीमान् फर्कने बेला भएकाले पाँच लाख नदिए श्रीमान्लाई भनेर कारवाही गर्ने धम्की दिएपछी राजु थप तनावमा पुगे ।
‘गएको असोज पाँच गते साँझपख कोटेश्वरबाट चक्कु किनेर ‘पैसा दिन आउँदैछु’ भनेर हत्या योजनासहित राजु गुह्यपोखरी पुगेको देखिन्छ’ महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी नायव उपरिक्षक ईश्वर कार्कीले भने, ‘पोखरीको छेउमा कुराकानी हुँदै गर्दा उनिहरु बिच बादविवाद भएको खुल्न आएको छ ।’
गुह्यपोखरीको छेउमा शोभिताले ‘पैसा झिक’ भन्दै राजुको गालामा चड्कन हानिन् । त्यसपछि राजुले कोटेश्वरबाट किनेर ल्याएको चक्कु झिकेर बोधो भागतर्फबाट घाँटी थिचेर शोभिताको हत्या गरे, उनको शव पोखरीमा फालेर हिँडे ।
रौतहटको समनपुर गाविस–५ स्थायी घर भएका राजु महमदलाई ललितपुर प्रहरीले सोमबार पक्राउ पछि मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । हत्यामा प्रयोग भएको चक्कु पोखरी आसपासमा खोजतलास कार्य जारी राखिएको ललितपुर प्रहरीले जनाएको छ ।
गएको असोज पाँच गते राती अवेरसम्म डेरामा नआएपछि शोभिताको भाई विपिनले महानगरीय प्रहरी वृत सातदोवाटोमा खोजतालासका लागी निवेदन दिएका थिए ।
ढल भरिएर फोहोर भएको पोखरीमा हत्या भएको करिब दुई महिनापछि २०७३ मंसिर १३ गते मात्र शोभिताको शव फेला परेको थियो । ‘पोखरीमा घाँस काट्न गएका स्थानियले शव देखेपछी हामीलाई खबर गरेका थिए’ एसएसपी अधिकारी भन्छन्, ‘भोलिपल्ट मृतककी बहिनी सुजिता दुलाल र भाई विपीनले लास सनाखत गरे, हामी थप अनुसन्धान गरिरहेका छौं ।’


Loading...

Post a Comment

 
Top