0
Loading...
काठमाडौं,२१ मंसिर । प्रधानमन्त्री प्रचण्ड बुधबार राप्ती नदीको पुल शिलान्यास गर्न दाङ जाने कार्यक्रम तय भएसँगै एमालेले बुधबार दाङ बन्द घोषणा गरेको छ । पुलले पूर्वपश्चिम राजमार्गमा पर्ने सिसहनियाँ गाविस र कालाकाटे–गढवा सडकखण्ड अन्तर्गत गोबरडिहा गाविसको महदेवा गाउँलाई जोड्ने छ ।
तर, पुल शिलान्यास कार्यक्रममा दाङ आउन लागेका प्रधानमन्त्री प्रचण्डलाई प्रभावित पार्ने गरी एमालेले जिल्ला बन्द घोषणा गरेको हो । सरकारले संससदमा दर्ता गरेको संविधा संशोधनको प्रस्तावको विरोधमा एमालेले देशव्यापी विरोध घोषणा गरेको र सो अन्र्तगत नै बन्द घोषणा गरिएको एमालेले जनाएको छ । एमालेको बन्द घोषणासँगै प्रधानमन्त्रीको दाङ भ्रमण हुने वा नहुने अनयौल बढेको छ ।
Loading...

Post a Comment

 
Top