0
Loading...
काठमाडौं,२८ मंसिर – राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले अर्काको बुद्धिमा लाग्दा प्रचण्ड प्रधानमन्त्री बनेको त्यो उनैलाई गलापासो बनेको आरोप लगाएका छन् । त विद्यार्थी संगठनले मंगलबार राजधानीमा आयोजना गरेको ‘सडक(बहस’मा बोल्दै केसीले भारतको बुद्धीमा लागेर प्रधानमन्त्री बनेका प्रचण्डलाई त्यही गला लागेर निल्नु न ओकल्नु भएको आरोप लगाए । केसीले भने – अघिल्लो सरकारका पालामा मालदार र कमाउ मन्त्रालय माओवादीले नै लिएका थिए । तर ‘आफनो बुद्धिले जोगी बन्नु अर्काको बुद्धिले राजा नबन्नु’ भन्ने उखान अहिले प्रचण्डमा लागु भएको छ । भारतको बुद्धिमा लागेर प्रधानमन्त्री भए, अहिले वाक्नु न थुक्नु भएको छ ।’ संविधान संशोधनका नाममा तराई–पहाडबाट छुट्याएर काँकडभिट्टादेखि महेन्द्रनगरसम्मको भाग टुक्र्याउन भारत लागि परेको समेत केसीको आरोप थियो । ‘हिजो जसो–तसो गरेर २ नम्बर प्रदेश पहाडबाट अलग गरे, अहिले ५ नम्बर प्रदेश अलग गर्ने प्रस्ताव दर्ता भएको छ,’ केसीले भने, ‘यसका विरुद्ध जनता सडकमा ओर्लिसकेका छन्, यो पास हुन सक्तैन ।’
‘छोरी र बहिनी दिएर नाता जोड्न सकिन्छ, तर आमा नै दिएर कसैसँग नाता जोड्न नसकिने भन्दै पूर्वउपप्रधानमन्त्री केसीले संशोधन प्रस्ताव फिर्ता लिन आग्रह गरे ।
Loading...

Post a Comment

 
Top