Loading...

एजेन्सी – कतिपय मानिसको घोप्टो परेर सुत्ने बानी हुन्छ, जसो गर्दा पेट थिचिन्छ । यसरी सुत्दा कतिपयलाई आनन्द आउँछ र मज्जाले निद्रा लाग्छ । तर यसरी सुत्दा कैयन् स्वास्थ्य समस्याहरु पैदा हुन्छन् ।
१. पेटमा बल पारेर वा थिचेर सुत्नाले गर्धन मोडिन्छ । यसले रक्तप्रवाह सही तरिकाले हुन पाउँदैन र टाउको दुख्ने समस्या हुनसक्छ ।
२. घोप्टो परेर सुत्नाले मेरुदण्डको हड्डी आफ्नो प्राकृतिक आकारमा रहन पाउँदैन । जसका कारण ढाड दुख्ने समस्या पैदा हुन्छ ।
३.पेटमा बल लगाएर घोप्टो परी सुत्नाले अनुहारमा दबाब पर्दछ । यसले छालालाई पर्याप्त अक्सिजन प्राप्त हुँदैन । जसका कारण अनुहारको छालामा चाउरी पर्ने तथा डण्डीफोरको समस्या उत्पन्न हुन्छ ।
४.पेटको बलले सुत्नाले गर्धन मोडिन्छ । जसका कारण गर्धनको मांशपेशीमा दबाब पर्दछ र रक्तप्रवाह सही तरिकाले हुन पाउँदैन । यसले घाँटी दुख्ने समस्या हुनसक्छ ।
५. खानेकुरा सही तरिकाले पच्दैन । जसका कारण अपचको समस्या पैदा हुन्छ ।
Loading...
Post a Comment