Loading...
सो क्रममा दुई पक्षीय झडप समेत भएको र असई
सञ्जिव नापितसहित ५ प्रहरी घाइते भएका छन् । बिटमा सई विद्याधर चौधरीको
कमाण्डमा प्रहरीहरु कार्यरत थिए ।
प्रहरीका अनुसार शनिबार राती नयाँबस्तीकै
एक रेष्टुरेन्टमा भएको दुई पक्षीय झडपका क्रममा दोलखा चरिकोटका राजकुमार
लामाको मृत्यु भएको थियो । झडपमा ट्याक्सी चालक लामा गम्भीर घाइते भएको र
उनको नेपाल मेडिकल कजेल उपचारको क्रममा मृत्यु भएको थियो ।
उनकै आफन्त दोषीलाई कारबाहीको माग गर्दै बिटमा पुगेको र एकाएक तोडफोडमा उत्रिएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शरद चन्दले अराजक गतिविधि गर्न संलग्न १२ जनालाई नियन्त्रणमा लिइएको बताए । यस्तै उनले रेष्टुरेन्ट सञ्चालिका र अर्की एक युवतीलाई पनि पक्राउ गरिएको बताए ।
महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शरद चन्दले अराजक गतिविधि गर्न संलग्न १२ जनालाई नियन्त्रणमा लिइएको बताए । यस्तै उनले रेष्टुरेन्ट सञ्चालिका र अर्की एक युवतीलाई पनि पक्राउ गरिएको बताए ।
प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।
Loading...
Post a Comment