Loading...
स्रोतका अनुसार पाँच नम्बर प्रदेश टुक्राउन नहुने पक्षमा रहेका कांग्रेस नेता चन्द्र भण्डारीले बुटवलमा आयोजित विरोध सभालाई सम्बोधन गर्न भैरहवा आएको थाहा पाएपछि कांग्रेसका नेता खाँडले आफू निकटका नेता, कार्यकर्तालाई निर्देशन दिँदै मणिग्राममा यातायात अवरुद्ध गर्न लगाएका थिए । तर, खाँडको त्यो चाल थाहा पाएका भण्डारीले कांग्रेस रुपन्देहीका नेताहरुलाई फोन गरी तत्काल सडक अवरोध हटाई बुटवलको सभामा सहभागी हुने भनेपछि कांग्रेस कार्यकर्तामा दोधार सिर्जना भएको छ ।
कांग्रेस नेता चन्द्र भण्डारीसँगै बुटवलमा आयोजित विरोध सभालाई सम्बोधन गर्न माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी, एमाले उपाध्यक्ष वामदेव गौतम, उपमहासचिव आज भैरहवा पुगेका छन् ।
यता, सँधै नेताहरु जिल्ला आउँदा स्वागत गर्न दौडधुप गर्ने कांग्रेस र माओवादीका स्थानीय नेता कार्यकर्ता शुक्रबार भैरहवा विमानस्थलमा देखिएनन् ।
एमाले नेताहरुसँगै आएका कांग्रेस माओवादीका नेतालाई एमाले केन्द्रीय सदस्य लिला गिरी, जिल्ला अध्यक्ष शिवराज सुवेदी सहित विमानस्थल पुगेका एमालेका नेता, कार्यकर्ताले उनीहरुलाई स्वागत गरेका थिए ।
एमालेका दर्जनौँ नेता, कार्यकर्ताले आफ्ना नेताहरुलाई भन्दा कांग्रेस र माओवादीका नेता भण्डारी र रायमाझीलाई जनताको पक्षमा बोलेकोमा धन्यवाद दिँदै स्वागत गरेको दृश्य हेर्न लायकको थियो
Loading...
Post a Comment