Loading...
लमजुङ, पुस २ – बेसीसहर नगरपालिका–४
गैरीका राजकुमार श्रेष्ठले नक्कली नोट छाप्ने गरेको पत्ता लागेको छ । पाँचौ
लमजुङ महोत्सवमा नक्कली नोट लिएर टिकट काट्न आएका बेला प्रहरीले उनलाई
पक्राउ गरेको हो । 
राजकुमारले महोत्सवमा नक्कली नोट दिएर टिकट काट्न लाग्दा विवाद भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । आफ्नै घरमा श्रेष्ठले एकहजार, पाँच सय, एक सय, र साना नोटसँगै भारतीय नोट पनि बनाएकोे पत्रकार सम्मेलनमार्फत प्रहरीले जानकारी गराएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख
एवं प्रहरी नायव उपरिक्षक समिरचन्द्र खरेलका अनुसार श्रेष्ठले आफ्नै घरमा
स्क्यान मेसीन, प्रिन्टर, कम्प्युटर र नक्कली नोट बनाउने सफ्टवेयरहरु,
सरकारी कार्यालयका छापहरु, लालपुर्जा, सवारी चालक अनुमति पत्र लगायतका
सामाग्रीहरु जफत गरेको छ । प्रहरीले जनाएअनुसार श्रेष्ठले केही नक्कली
नोटहरु बजारमा चलाई सकेका छन् ।
खरेलका अनुसार आरोपित श्रेष्ठले आफूले
गएको ४ महिनादेखि नक्कली नोट बनाउन सुरु गरेको स्वीकार गरेका छन् । उनको
घरको एउटा बन्द कोठाबाट २५ थान तयारी एकहजारको नोट, १४ थान प्रिन्ट गरेको
हजारको नक्कली नोट, ३ थान पाँच सयको नोट लगायतका विभिन्न नक्कली नोट बरामद
गरिएको प्रहरीले जनाएको छ । प्रहरी नायव उपरिक्षक खरेलका अनुसार श्रेष्ठलाई
खोटा चलन, सरकारी छाप दस्तखत किर्ते गरेको आरोपमा मुद्दा चलाइने छ ।
Loading...
Post a Comment