0
Loading...
बर्लिन, ५ पुष । जर्मनीको राजधानी बर्लिनमा क्रिसमसको व्यस्त बजारमा एक व्यक्तिले ट्रक दौडाए पछि १२ जनाको मृत्यु भएको छ भने घटनामा ५० जना घाइते भएका  छन् । जर्मन गृहमन्त्रीले घटना जानीजानी गराइएको संकेत पाइएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले उल्ल्लेख गरेका छन् । जर्मन प्रहरीले ट्रक चालकलाई गिरफ्तार गरेको जनाए पनि घटनाको कारण बारे भने अझै खुलेको छैन ।
जर्मनीको समाचार एजेन्सी डिपीएका अनुसार ट्रक बजार भित्र करिब ५० देखि ८० मिटर सम्म गुडेको थियो । स्थानीय समय अनुसार राति करिब ८ बजे भएको सो घटना पोल्याण्डमा रजिष्टर भएको ट्रकले गराइएको छ । प्रहरीले ट्रक चोरेर घटना गराइएको हुनसक्ने बताएको छ । गत जुलाई १४ मा फ्रान्सको नीस सहरमा पनि यस्तै घटनामा ७० जनाको मृत्यु भएको थियो ।
Loading...

Post a Comment

 
Top