नाम सुशान्त तमाङ , उमेर १० बर्ष, रोग मुटु र शरीर सुन्निने समस्या । तर,
यही रोग भनेर पत्ता नलागेको अवस्था । गरीब हुनु र हैसियत भन्दा बढी खर्च
हुने रोग लाग्नु बिपन्न वर्गका लागी अभिसाप नै हो । घरको आर्थिक अवस्था
दयनीय भएको बेला यी बालक लाई गत हप्ता देखी अस्पातालमा उपचार गराउँदैछिन
उनकी आमा। कलिलो बालक खुशी र उमङ्गले आँगनमा रमाउँदै खेल्नुपर्ने सुशान्तको
घर अहिले सुनसान छ । तेस्रो हप्ता पुगी सक्दा पनि रोग पत्ता लाग्न नसकेका
बालक सुसान्त तमाङको अवस्था केही सुधारउन्मुख रहेको तर निरन्तर जाँच गराई
रहनु पर्ने,पिठिउँमा छोरो बोक्दै कहिले यता कहिले उता गरी रहेकी र थकित
मुन्द्रामा रहेकी आमा याम कुमारी तमाङको अनुहार मलिनो नै थियो । देश बिदेश
बाट छोरोको लागि आर्थिक श्रोत जुटी रहेको र सहयोगी हातहरुलाई धन्यवाद भन्दै
हाम्रा सामु आफ्ना खुशीका आँशु पनि बगाइन ।हाल शिक्षण अस्पातल महाराजगंजमा
उपचारार्थ सुसान्त अहीले सामान्य हिडडुल गर्न र बोल्न सक्छन । देश विदेश
बाट सहयोग गर्छौ भनेर धेरैले फोन गरे पनि अहिले सम्म केहि सहयोगी मनहरु
बिरामी लाइ भेटि आफै सहयोग गर्नु भएको छ |टिम फेरी पनि
बिरामी लाइ भेट्न र पछिल्लो अवस्था बुज्न जादा हामीले सहयोगी मनहरु लाइ पनि
भेटेका थियौ , एक भिडियो रिपोर्ट हेर्नुहोस
Post a Comment