Loading...
संविधान संशोधन प्रस्तावमा मगरात ‘कलष्टर’ मिलाउन खोजेको भन्दै स्वागत र्यालीमा उत्रिएका मगर कार्यकर्ता र पाँच नम्बर प्रदेश टुक्रयाएको विरोध गर्दै प्रदर्शनमा निस्किएको समूहबीच झडप भएको हो ।
मगर संघका कार्यकर्ता र प्रदर्शनकारीबीच जम्काभेट भएपछि झडप भएको हो । प्रहरीले प्रदर्शनकारी र संघका कार्यकर्तालाई रोक्न खोज्दा डिएसपी रामप्रसाद घर्तीमगर, प्रहरी जवान सुरज चौधरी र हिरालाल राणा घाइते घएका छन्।
अखण्ड पाँच नम्बर संघर्ष समितिको प्रदर्शनमा रहेका सातजना घाइते भएका छन् । संघर्ष समितिका सदस्य सचिव महेश न्यौपानेका अनुसार आन्दोलनकारी तर्पm नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष खट्कबहादुर खत्री, रोल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष विश्वकुमार चन्द, वेगम कुवर, गंगाराम केसी, राजेन्द्र घर्ती, दिपक थापा र गगन केसी घाइते भएका हुन् । घाइते सबैको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइराखेको छ ।
बिहीबार टँुडिखेलको मञ्चमा मगर संघले कार्यक्रमको आयोजना गरेको थियो । करिब दुई सय मिटर पर भट्ट होटेल अगाडि आन्दोलनकारीले टायर बालेर विरोध प्रदर्शन सुरुगरेपछि स्थिति तनावग्रस्त बनेको थियो । प्रहरीलाई स्थिति नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो । स्थिति नियन्त्रण गर्न प्रहरीले केही सेल अश्रुग्यास प्रहार गर्नुपरेको छ ।
Loading...
Post a Comment