Loading...
विराटनगरमा अत्याधुनिक बसपार्क निमार्ण कार्य भइरहेको छ। विराटनगर
उपमहानगरपालिका वडा नम्बर १५ मा अवस्थित बसपार्क भत्काएर त्यही स्थानमा
अहिले सुविधासम्पन्न बस टर्मिनल बनाउने काम भइरहेको छ।
नगर विकास कोषको ८ करोड ४७ लाख ७ सय रुपैयाँको ऋण सहयोगमा बस टर्मिनल
बनाउने काम अहिले धमाधम भइरहेको विराटनगर उपमहानगरपालिकाका घर नक्सा शाखाका
इन्जिनियर अर्जुन थापाले सेतोपाटीलाई जानकारी दिए।
बस टर्मिनल बनाउने ठेक्का गौरी पार्वती निर्माण सेवा काठमाडौंले पाएको छ।
अबको १५ महिनाभित्र बस टर्मिनल बनाएर सो निमार्ण कम्पनीले नगरपालिकालाई
बुझाइसक्नुपर्ने सम्झौता पत्रमा उल्लेख छ।
विराटनगरमा बन्न लागेको यो बसपार्क नेपालको अन्तर्राष्ट्रिय विमानस्थल
भन्दा पनि राम्रो हुने र सुविधासम्पन्न हुने स्थानीयले अनुमान गरेका छन्।
बसपार्क टर्मिनलनमा २ तल्लाको सुविधासम्पन्न टर्मिनल भवन पनि निमार्ण हुने इन्जिनियर थापाले बताए।
ब्यवस्थित टिकट काउन्टर, सपिङ सेन्टर, यात्रुहरुका लागि वेइटिङ रुम
रेष्टुरेन्ट, ब्यागेजहरु राख्ने स्थान मिल्ने गरी भवन बनाउने काम भइरहेको
थापाले बताए।
त्यस्तै खानेपानीको सुविधाका लागि ट्यांकी, गाडीहरु धुनका लागि छुट्टै
स्थान पनि अब बन्ने बस पार्कमा छुट्याइएको छ। सुन्दर बगैंचा र साना ठूला
गरी ५५ वटा गाडी पनि सो बस पार्कमा अट्ने गरी बनाइन लागेको इन्जिनियर
थापाले बताए।
बस टर्मिनलको भुईँतल्लामा आउट र इन डोर रहनेछ भने सबै तिर गरी ८ वटा टिकट
काउन्टर रहनेछ । भुईँ तल्लामा नै बस पार्कको कार्यालय बनाइनेछ ।
दोस्रो तल्लामा रेष्टुरेन्ट,किचेन र ब्यागेज रुप बनाइन लागेको थापाले बताए।
दोस्रो तल्लामा नै ब्यागेज रुम बनाउन लागेका छौं, त्यसलाई कसरी संचालन
गर्ने भन्ने खाका भने हामी तयार पार्दैछौं, थापाले भने।
६ वर्ष अघि नै विराटनगरमा बसपार्क बनाउने योजना भएपनि त्यो सफल भएको थिएन।
त्यसपछि वास्केट फन्ट योजनाबाट बसपार्क बनाउन स्थानीय निकाय जुटेपनि त्यो
त्यत्तिकै अड्किएको थियो।
अहिले आएर भने नगरपालिका, बस ब्यवसायी मिलेर पलिब्क प्राइभेट पार्टनरसिप पीपीपी मोडेलमा बसपार्क बनाउन लागेका हुन्।
Loading...
Post a Comment