Loading...
सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकले विभाजित राजनीतिक दलहरूलाई सहमति कायम गरेर अगाडि बढ्न आइतबार राष्ट्रपति भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई शीतल निवास बोलाएकी थिइन् ।
बैठकको सुरूमै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच चर्काचर्की भएको थियो ।
ओलीले कांग्रेसले सत्ताका लागि सहमति तोडेको आरोप लगाउँदै सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव राष्ट्रको पक्षमा नरहेको बताए । ओलीको भनाई उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने,‘ संविधान जारी गर्नुपूर्व भएको सहमति अनुसार संविधान कार्यान्वयनमा पनि तीन दल मिल्नुपर्ने आवश्यकता थियो । सत्ताको स्वार्थमा कांग्रेसले सहमति तोड्ने काम गर्यो, हामीलाई नसोधी रातारात ल्याएको संविधान संशोधनप्रति ठूलो आशंका छ।यो संवैधानिक छैन त्यसैले हामीले यसलाई संसदमा प्रवेश गर्न दिन्नौ ।’
निकै आक्रम रूपमा रहेका ओलीको भनाइ लगत्तै सामुन्ने रहेका नेपाली कांग्रेसका सभापति देउवाले ओलीको आरोपको खण्डन गर्दै अहिले सरकारले ल्याएको संविधान संशोधन विधयक तत्कालिन कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीले हस्ताक्षर गरे अनुसार नै ल्याइएकाले विरोधको कुनै अर्थ नरहने बताएको आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
देउवाको भनाई उदृत गर्दै ती ने
Loading...
Post a Comment