Loading...
नेपालगन्ज
स्थित मेडिकल कलेजमा उपचार गराइरहेका पाँच जना घाइतेहरुलाई प्रधानमन्त्री
कार्यालयको निर्देशनछि नेपाली सेनाको स्काई ट्रक विमानमार्फत काठमाडौं
लगिएको हो ।
सोमबार
बाँकेको मटेहियामा मोहम्मद डे मनाउने क्रममा बिबाद हुँदा झडपमा परिणत भएको
थियो । दुईवटा पक्षबीच भएको झडपमा एक जनाको ज्यान जानुका साथै एक दर्जन
घाइते भएका थिए ।
यसबैची आज विभिन्न धर्मगुरु र मुस्लिम अगुवाहरुले बाँकेमा सामाजिक सदभाव कायम गर्नका लागि सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।
इस्लाम
धर्म गुरु मौलाना अब्दुल जब्बार मन्जरी, हिन्दुधर्म गुरु महन्थ चन्दननाथ
योगीलगायतले आज एक संयुक्त प्रेस विज्ञप्ती जारी गरी दोषीहरुको पहिचान गरी
कारवाहीको माग गरेका छन् ।
उनीहरुले हिन्दु तथा मुस्लिम लगायत सबै समुदायमा संयमयता अपनाउन आग्रह गर्दै मेलमिलाप कायम गरेर अगाडि बढ्नसमेत अनुरोध गरेका छन् ।
Loading...
Post a Comment