Loading...

काठमाडौं, १० पुष । केही दिनअघि रुकुम पुगेर गुरिल्ला ट्रेक उद्घाटन गरेका प्रधानमन्त्रीलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई मुख्य काम बिर्सेर अन्य काममा लागेको आरोप लगाएका छन् । संविधान कार्यान्वयन र निर्वाचनमा ध्यान नदिएको अरोप लगाएका ओलीले प्रचण्डले आफ्नै प्रतिबद्धता बिर्सेर रिबन काट्दै हिँड्न थालेको आरोप लगाएका छन् ।
संविधान संशोधन प्रस्तावको विपक्षमा रहेका एमालेसहितका ९ दलले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले एक दुई दिन बास बसेको घरको ढोकाढोकामा रिवन काट्दै हिड्ने गरेको भन्दै कटाक्ष गरे ।
उनले भने, ‘ प्रधानमन्त्री भएकै दिन म उद्घाटन हिँड्न भन्ने प्रचण्डले प्रतिबद्धता बिर्सेर अहिले एक दुई दिन बास बसेको घरको ढोकाढोकामा समेत रिवन काट्दै हुनुहुन्छ ।’
उनले प्रचण्डले अहिले खल्तीमै सलाई र कैची हालेर हिड्ने गरेको भन्दै व्यंग्य समेत गर्न भ्याए ।
शनिबारमात्रै प्रचण्डले गुरिल्ला ट्रेकको उद्घाटन गरेको प्रति संकेत गर्दै ओलीले भने– भत्केको सिंहदरबार बनाउन छाडेर गुरिल्ला ट्रेक उद्घाटन गर्न हिँड्नु भएको छ । अहिले अहिले बनाउने भनेको सिंहदरबार हो । मलाई त भन्न नि आउँदैन गुरिल्ला ट्रेक हो कि ट्रेड हो ?’
कसैले जिताइदिउँला भनेर संशोधन प्रस्ताव आएको सुनिएको छ । त्यै भएर प्रधानमन्त्री हामीलाई धम्क्याउँदैन् । तर यो सरकार भनेको अन्तरिम हो । म लोकतान्त्रिक मान्छे तानाशाहीसँग तुलना गर्न चाहन्न । म राजा बन्न चाहन्नँ । कसैले चाहेको पनि छैन । लोकतान्त्रि विधिबाट आफ्नो कुरा उठाइरहेका छौं । निर्वाचनको पक्षमा छौं ।’ पत्रकार सम्मेलनमा ९ विपक्षी पार्टीका नेताहरुको सहभागिता थियो भने ९ पार्टीले २२ गते संयुक्तरुपमा राजधानीमा शक्ति प्रदर्शन गर्ने जानकारी समेत दिइयो ।
Loading...
Post a Comment