Loading...
आफ्नो साथमा राहदानी भएका कामदार नेपाली
दूतावासमा जान अनिवार्य छैन । उनीहरुलाई आन्तरिक मन्त्रालयअन्तर्गतको खोज
तथा अनुसन्धान विभाग (एसएफडी_ले आवश्यक प्रक्रिया पूरा भइसकेकालाई स्वदेश
पठाएको छ ।
कतारमा भिसा नलगाई बसेका तथा कम्पनी छाडेर
बाहिर काम गर्दै आएका नेपालीको संख्या २० हजारभन्दा माथि रहेको अनुमान
गरिएको थियो । ‘मसँग भागेर काम गर्दै आएका २० जना साथीहरु थिएँ,’ पोखराका
लालबहादुर परियारले भने, ‘मैले सबैलाई आममाफी पाएको मौकामा जानुपर्छ भनेको
हो । उनीहरु आएनन् । म फेरि कतारमै काम गर्न जानुपर्ने हुनाले फर्केर आएँ
।
लालबहादुर १० वर्षदेखि भागेर भरुभूमिमा
काम गर्दै आएका थिए । कतारले आममाफीमा फर्केकालाई दुई वर्षपछि पुनस् काम
गर्न आउन पाउने नियम राखेको थियो । ‘नेपालमै काम गर्न पाउने अवस्था छैन ।
परिवार नभेटेको पनि धेरै लामो वर्ष भयो’, काठमाडौंमा भेटिएका लालबहादुरले
भने, ‘भर्खरै भागेर हाम्रो मजरामा आएका साथीहरु आएनन् । उनीहरु घरको ऋण नै
तिरिनसकेको भन्थे ।
साहनिया क्षेत्रमा उँटको काम गर्दै आएका
सिन्धुलीका श्याम मगर अझै दुई वर्ष काम गरेर मात्रै स्वदेश फिर्ने बताए ।
‘केही भए स्पोन्सरले हेरिदिउला भनेका छन्,’ उनले भने, ‘मलाई पनि अहिले नै
फर्किन मन छैन् । यहाँ पैसा कमाउन पाइएको छ ।’ आजको कान्तिपुर दैनिकमा खबर छ
।
Loading...
Post a Comment