0
Loading...
काठमाडौं । ट्राफिक प्रहरी एकाबिहानै लेन नियम पालना गराउन सडकमा खटिएका थिए । महानगरीय ट्राफिक प्रहरी महाशाखा अन्तर्गतका प्रहरी सोमबार सिंहदरबारको मुख्य गेटअगाडि लेन नियम पालना नगर्नेहरुलाई कारबाहीका लागि चिट काट्दै थिए । त्यक्तिकै एक जना मोटरसाईकलमा ‘भ्वाट -भ्वाट’ गर्दै लेनको नियम काटेर ट्राफिक प्रहरीको अगाडी नै पुगे ।
उनी भद्रकालीको बाटो हुँदै माइतीघरतर्फ मोडिन खोजे । तर उनलाई ट्राफिक प्रहरीले रोके । ती प्रहरीले लेन नियम पालना नगरेको भन्दै उनको कागजपत्र मागे । तर उनले आफूले पूर्ण रुपमा नियम पालना गरेको दावी गरे । उनले कागजपत्र दिन नखोजेपछि प्रहरीसँग विवाद सुरु भयो । केही समय प्रहरी र उनीबीच जुहारी नै चल्यो । ट्राफिक प्रहरी, “तपाईले लेन नियम मिच्नुभयो, कागजपत्र निकाल्नुहोस्।” मोटरसाईकल चालक, “मेरो गल्ती छैन्, किन कागजपत्र दिने ?”
यस्तै दोहोरी चलिरहेका बेला ती चालक एकाएक सडकमै सुते । उनी एकाएक सुतेपछि कागजपत्र माग्ने ट्राफिक प्रहरी नै अक्कन बक्क परे । सिंहदरबारअघि रहेको पृथ्वीनारायणको सालिकमुनि उनी लम्पसार नै परे । प्रहरीले उनलाई सुतेको ठाउँबाट उठायो । एकातिर लेन नियम मिच्ने फेरी सडकमा सुतेर सडक अवरुद्ध पार्ने यो त भएन् नि ‘मिस्टर’ ? भन्दै प्रहरीले उनलाई उठायो । प्रहरी निरीक्षक विनोदकुमार श्रेष्ठले ती चालकले गल्ति गरेकाले उनलाई चिट दिएर पठाएको बताए । पछिल्लो समय प्रहरीले सडक लेन नियममा कडाइ गरिरहेको छ ।
Loading...

Post a Comment

 
Top