0
Loading...
काठमाडौं, १८ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको प्रस्तावमा भएको विरोधको सामना गर्न पार्टीमा आन्तरिक परामर्श थालेका छन् । एमालेका साथै प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता विरोधमै सडकमा उत्रिएपछि अप्ठेरोमा परेका प्रधानमन्त्री दाहालले आज केन्द्रीय कार्यालय बैठक र पोलिट ब्यूरोमा परामर्श गर्दैछन् । लाजिम्पाटमा जारी बैठकमा संशोधनका विषयमा पोलिट ब्यूरोमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ । माओवादी केन्द्रको पोलिट ब्यूरो बैठक पनि दिउँसो पार्टी मुख्यालयमा बस्दैछ । एमाले र मधेसी मोर्चालाई पनि सहमतिमा ल्याएर संशोधन प्रस्ताव पारित गर्ने योजनामा रहेका प्रधानमन्त्री दाहालको चौतर्फी विरोध बढिरहेको छ । संशोधनको विरोधमा उत्रिएका आफ्नै पार्टीका नेताहरूलाई कसरी ‘ठाउँ’मा ल्याउने भनेर पनि रणनीति तयार पारिनेछ । पार्टीका प्रभावशाली नेता टोपबहादुर रायमाझी नेतृत्वालाई चुनौती दिँदै तराईका जिल्लाबाट पहाडी जिल्ला टुक्र्याउने संशोधनको प्रस्तावको विपक्षमा उत्रिएपछि प्रधानमन्त्री दाहाल अप्ठेरोमा परेका छन् । पार्टीका नेताहरूको सुझाव एवम् सल्लाह अनुसार संशोधनको पक्षमा बचाउ गर्दै विपक्ष दलहरूको सामना गर्ने प्रधानमन्त्री दाहालको योजना रहेको स्रोतको भनाइ छ । श्रोत दैनिक नेपाल बाट
Loading...

Post a Comment

 
Top